logo

बलात्कार आरोपी ७० वर्षिय बृद्ध गिरफ्तार

 इसीमाना सम्वाददाता     २०७९ भदौ १९ गते १०: ५४ मा प्रकाशित     157   पटक पढिएको

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी ७० वर्षिय भुखल महतो नूनीयालाई प्रहरीले ०७९ भदौ १८ गते गिरफ्तार गरेको छ ।


बहुदरमाई नगरपालिका वडा नं ९ घर भई हाल वीरगंज महानगरपालिका वडा नं २४ रामगढवामा डेरा गरि बस्ने ति वालिकाका अभिभावक सर समान किन्न बजार गएको मौका छोपी प्रविादी घरमै गई वािलकालाई बलात्कार गरेको पीडितकी आमाले बताइन ।

 

वालिकालाई बलात्कार गर्न बारा जिल्लाको कलैया नगरपालिका वडा नं ७ बरेवा घर भई बीरगंज महानगरपालिकाको वडा नं २४ रामगढवाको सोही घरमा डेरा गरि बस्ने २० वर्षिय रेखा सिंह समेत मतियार भएको भन्दै पीडित पक्षले उनी बिरुद्ध पनि जिल्ला प्रहरी कार्यालय पर्सामा १८ गते नै उजुरी गरेको छ ।

 

पीडित वालिकाको स्वास्थ्य परिक्षण १८ गते नै वीरगंजको नारायणी अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

यस्तै २६ वर्षिय महिलालाई बलात्कार प्रयास गरेका ठोरी गाउँपालिका वडा नं २ टाउन प्लान तेर्सो टोल निवासी ४० वर्षिय बुद्धविर लामालाई प्रहरीले ०७९ भदौ १८ गते गिरफ्तार गरेको छ ।


उनले १५ गते रातको समयमा पीडित महिलाको घरमा पसेर बलात्कार प्रयास गरेको पीडित महिलाले बताईन । नावालक छोरा छोरी सहित सुतिरहेको अवस्थामा लामाले बाहिर बाट ढोका खोली भित्र पसेर महिलाको समबेदनशील अंगहरुमा स्पर्श गरेका थिए । उनले प्रतिवाद गर्दा समेत लामाले जोरजुलुम गरेको पीडित महिलाले बताई ।

 

पीडित महिलाले लामा बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा भदौ १६ गते उजुरी गरिन । उनको सोही दिन वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्य परिक्षण भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनु भयो । प्रहरीले १९ गते पसाृ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

सीपीसीको महाधिवेशन सम्पन्न, सर्वोच्च कमाण्डर सी चिनफिङको अभूतपूर्व तेश्रो कार्यकाल प्रारम्भ

चीनको कम्युनिष्ट पार्टीका सर्वोच्च कमाण्डर सी चिनफिङले पार्टी र सरकारको नेतृत्वको तेश्रो कार्यकाल शुरु गरेका छन । यो उनको अभूतपूर्व तेश्रो कार्यकाल हो ।

भारतीय कांग्रेस पार्टीको अध्यक्ष खडगे निर्वाचित, लामो समय पछि गान्धी परिवारको हात बाहिर कांग्रेसको नेतृत्व

भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता मल्लिकार्जुन खड़गे बुधवार पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन ।

बिहारमा नितिशले लिए आठौ पटक मुख्यमंत्रीको शपथ,उपमुख्यमंत्रीमा यादव

भारतको बिहारमा जनता दल युनाइटेडका अध्यक्ष नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिएका छन ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.