logo

पत्रकारले समाचार बिगार्दा सिंगो समाजमा असर पर्छः केन्द्रीय सदस्य लामिछाने

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०२: ४७ मा प्रकाशित     619   पटक पढिएको

वीरगन्जमा सात दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । रेस नेपाल (नारायणी एफ.एम.)का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा तालिमको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

 

एक साता सम्म संचालन हुने आधारभूत पत्रकारिता तालिमको उद्धघााटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी .लामिछानेले पत्रकारिता पेशा विशिष्ट खालको पेशा भएकोले जिम्मेवार र जवाफेदेही हुनुपर्ने बताए ।

 

उनले एउटा पत्रकारले समाचार विगा¥यो भने समाजलाई गलत सन्देश जाने र यसले सिंगो समाजलाई नै असर पर्ने भएकोले समाचारको प्रभाव कस्तो पर्छ त्यसको आंकलन पहिले नै गर्नुपर्ने बताए ।

 

डाक्टर र वकिलको पेशामा शुल्क पनि लिने र उनीहरुले गल्ती गरेमा एकजनालाई मात्रै प्रभाव पर्ने तर, पत्रकारले गल्ती गर्दा समाजलाई नै असर पर्ने भएकोले संवेदनशील हुनुपर्ने बताए । पत्रकारिता पेशा हेर्दा सजिलो जस्तो लागे पनि यर्थाथमा यो निकै गहन र जिम्मेवारीपूर्ण रहेको लामिछानेले बताए ।

 

तालिम उदघाटन सत्रको समापन गर्दै रेस नेपाल (नारायणी एफ.एम.) कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारको लेखाईले समाजलाई कता लैजाने भन्ने दिशा निर्धारण गर्ने भएकोले पत्रकारको समाजमा विशिष्ट भूमिका रहेको बताए । देवकोटाले पत्रकारले सबैको प्रवद्र्धन, संरक्षण गर्ने भूमिका खेल्नुपर्ने बताए ।

 

तालिम उदघाटन समारोहमा रेस नेपाल (नारायणी एफ.एम) का सचिव अरविन्द सिंह, कोषाध्यक्ष कमलमोहन पोखरेल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठकोटे लगायतको उपस्थिति रहेको थियो ।


आज तालिममा सहभागितहरुलाई क्रियभिट हयान्डस मिडियाका संचालक पत्रकार सुरेश बिडारीले सहजिकरण गरेका थिए भने कार्यक्रम संचालन क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका संचालक तथा संचारकर्मी शिवनाथ यादवले गरेका थिए । ७ दिनसम्म चल्ने तालिममा २१ जना सहभागी रहेका छन् ।

रेस नेपाल (नारायणी एफ.एम.) र क्रिएटिभ ह्याण्ड्स नेपालको संयुक्त आयोजनामा आईतबारदेखि होटल कुमु प्यालेसमा तालिम शुरु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.