logo

पत्रकारले समाचार बिगार्दा सिंगो समाजमा असर पर्छः केन्द्रीय सदस्य लामिछाने

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०२: ४७ मा प्रकाशित     514   पटक पढिएको

वीरगन्जमा सात दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । रेस नेपाल (नारायणी एफ.एम.)का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा तालिमको उद्धघाटन समारोह सम्पन्न भएको छ ।

 

एक साता सम्म संचालन हुने आधारभूत पत्रकारिता तालिमको उद्धघााटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी .लामिछानेले पत्रकारिता पेशा विशिष्ट खालको पेशा भएकोले जिम्मेवार र जवाफेदेही हुनुपर्ने बताए ।

 

उनले एउटा पत्रकारले समाचार विगा¥यो भने समाजलाई गलत सन्देश जाने र यसले सिंगो समाजलाई नै असर पर्ने भएकोले समाचारको प्रभाव कस्तो पर्छ त्यसको आंकलन पहिले नै गर्नुपर्ने बताए ।

 

डाक्टर र वकिलको पेशामा शुल्क पनि लिने र उनीहरुले गल्ती गरेमा एकजनालाई मात्रै प्रभाव पर्ने तर, पत्रकारले गल्ती गर्दा समाजलाई नै असर पर्ने भएकोले संवेदनशील हुनुपर्ने बताए । पत्रकारिता पेशा हेर्दा सजिलो जस्तो लागे पनि यर्थाथमा यो निकै गहन र जिम्मेवारीपूर्ण रहेको लामिछानेले बताए ।

 

तालिम उदघाटन सत्रको समापन गर्दै रेस नेपाल (नारायणी एफ.एम.) कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारको लेखाईले समाजलाई कता लैजाने भन्ने दिशा निर्धारण गर्ने भएकोले पत्रकारको समाजमा विशिष्ट भूमिका रहेको बताए । देवकोटाले पत्रकारले सबैको प्रवद्र्धन, संरक्षण गर्ने भूमिका खेल्नुपर्ने बताए ।

 

तालिम उदघाटन समारोहमा रेस नेपाल (नारायणी एफ.एम) का सचिव अरविन्द सिंह, कोषाध्यक्ष कमलमोहन पोखरेल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठकोटे लगायतको उपस्थिति रहेको थियो ।


आज तालिममा सहभागितहरुलाई क्रियभिट हयान्डस मिडियाका संचालक पत्रकार सुरेश बिडारीले सहजिकरण गरेका थिए भने कार्यक्रम संचालन क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका संचालक तथा संचारकर्मी शिवनाथ यादवले गरेका थिए । ७ दिनसम्म चल्ने तालिममा २१ जना सहभागी रहेका छन् ।

रेस नेपाल (नारायणी एफ.एम.) र क्रिएटिभ ह्याण्ड्स नेपालको संयुक्त आयोजनामा आईतबारदेखि होटल कुमु प्यालेसमा तालिम शुरु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.