logo

१५ वर्षिया वालिकाको जलाउदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो, अनुसन्धान हुदै

 इसीमाना सम्वाददता     २०७९ असार १६ गते ०४: १४ मा प्रकाशित     590   पटक पढिएको

कुटपीट गरि परिवारको सदस्यलाई हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानकालागि बहुदरमाई नगरपालिका वडा नं ७, छपकैयाबाट तीन जनालाई गिरफ्तार गरेको छ ।


१५ वर्षिया वालिका महिमा कुमारीले आत्म हत्या गरेको भन्दै आफन्तजले अन्तिम संस्कारकालागि लगेर जलाउदै थिए । त्यतीनै बेला प्रहरीलाई परिवारका सदस्य मिली कुटपीट गरेर हत्या गरि शव जलाउन लागेको सूचना आएपछि प्रहरी शव जलाउदै गरेको ठाउमा पुगेर आधा जलेको शव पनि नियन्त्रणमा लिएको छ ।

 

शवको पोस्र्टमार्टमकालागि बीरगंजको नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए ।
वालिकाको शवलाई मोटर साइकलमा राखेर शमशानघाटमा लगिएको प्रत्यक्षदर्शीले बताएका छन ।

 

टेम्पोमा दाउरा लगिएको थियो । शव लैजाने प्रकृतिले पनि शंका उत्पन्न गराएको प्रत्यक्षदर्शीको भनाई छ ।मोटरसाइकल र टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्पोमा राखेर जलाउन लगिएको थियो । सो मोटरसाइकल र टेम्पो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना बारे सोधपुछको लागि मृतका परिवारको ३ जनालाई नियन्त्रणमा पनि लिइएको प्रहरी नायब उपरिक्षक कार्कीले वताउनु भयो। मृत्यसको कारण बारे प्रहरी अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

 

वालिकाका बुवा भने फरार रहेका छन । गिरफ्तार भएकाहरुले पनि मृत्युको बिषयमा फरक फरक कुरा बताईरहेको प्रहरीको भनाई छ । अनुसन्धान गर्दैछौ डिएसपी कार्कीले भन्नु भयो अहिले नै केही भनी हाल्न भिल्ने अवस्था छैन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.