logo

पर्सा रेडक्रसले पायो एक थान स्कार्पियो

 इसीमाना सम्वाददाता     २०७९ जेठ ३० गते ०८: ३८ मा प्रकाशित     648   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयद्धारा पर्सा शाखालाई एक थान स्कोरपियो गाडी प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्थापना काल देखी आपतकालिन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारको सहयोगीको रुपमा कार्य गर्दै आइरहेको छ ।

 

नेपाल रेडक्रस सोसाइटीले आफु मातहतका जिल्ला शाखा तथा उपशाखाहरु मार्फत एम्बुलेन्स सेवा, रक्तसंचार भ्यान, मानवीय सेवाका कार्यहरुका लागि ट्रक तथा कार्यालय प्रयोजनका लागि सवारी साधनहरु सञ्चालन गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कार्यालय मार्फत सञ्चालन कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम मार्फत विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा विकासका कार्यहरुमा जनतालाई मानवीय सेवा प्रदान गर्न नेरेसो केन्द्रिय कार्यालय र पर्सा जिल्ला शाखा वीचको विपद् प्रतिकार्य सवारी साधन केन्द्रिय कार्यालय मार्फत हस्तान्तण र पर्सा जिल्ला शाखाबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झदारी भएको हो ।

नेपाल रेडक्रसका शाखाहरुद्धारा जिल्ला भरीमा विभिन्न कार्यहरु गर्न सहज होस, विपद उद्धारका कार्यमा प्रभावकारी सेवा, रक्तसंचार सेवा लगायत विभिन्न सेवामुकल कार्यमा सहयोग पुग्ने उदेश्यले केन्द्रिय कार्याले पर्सा शाखालाई गाडी हस्तान्त्रण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द
राज कंडेललाई एक समारोह विच हस्तान्त्रण गरेका हुन ।


गाडी हस्तान्त्रण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपमन्त्री साविर अहम्मद एराज, चितवनका सभापति ज्ञानशाली न्यौपाने, महोतरि जिल्लाका दिपक मिश्र, केन्द्रिय कार्यालयका रुद्र अधिकारी, उमेश मिश्र, चालक मन्ताज मियाँ लगायतको उपस्थित रहेको रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.