logo

पर्सा रेडक्रसले पायो एक थान स्कार्पियो

 इसीमाना सम्वाददाता     २०७९ जेठ ३० गते ०८: ३८ मा प्रकाशित     772   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयद्धारा पर्सा शाखालाई एक थान स्कोरपियो गाडी प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्थापना काल देखी आपतकालिन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारको सहयोगीको रुपमा कार्य गर्दै आइरहेको छ ।

 

नेपाल रेडक्रस सोसाइटीले आफु मातहतका जिल्ला शाखा तथा उपशाखाहरु मार्फत एम्बुलेन्स सेवा, रक्तसंचार भ्यान, मानवीय सेवाका कार्यहरुका लागि ट्रक तथा कार्यालय प्रयोजनका लागि सवारी साधनहरु सञ्चालन गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कार्यालय मार्फत सञ्चालन कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम मार्फत विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा विकासका कार्यहरुमा जनतालाई मानवीय सेवा प्रदान गर्न नेरेसो केन्द्रिय कार्यालय र पर्सा जिल्ला शाखा वीचको विपद् प्रतिकार्य सवारी साधन केन्द्रिय कार्यालय मार्फत हस्तान्तण र पर्सा जिल्ला शाखाबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झदारी भएको हो ।

नेपाल रेडक्रसका शाखाहरुद्धारा जिल्ला भरीमा विभिन्न कार्यहरु गर्न सहज होस, विपद उद्धारका कार्यमा प्रभावकारी सेवा, रक्तसंचार सेवा लगायत विभिन्न सेवामुकल कार्यमा सहयोग पुग्ने उदेश्यले केन्द्रिय कार्याले पर्सा शाखालाई गाडी हस्तान्त्रण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द
राज कंडेललाई एक समारोह विच हस्तान्त्रण गरेका हुन ।


गाडी हस्तान्त्रण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपमन्त्री साविर अहम्मद एराज, चितवनका सभापति ज्ञानशाली न्यौपाने, महोतरि जिल्लाका दिपक मिश्र, केन्द्रिय कार्यालयका रुद्र अधिकारी, उमेश मिश्र, चालक मन्ताज मियाँ लगायतको उपस्थित रहेको रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.