logo

जसपाका हवारीको उम्मेदवारी रद्ध गर्न माँग गर्दै उजुरी, अल्पसंख्यकमा मुस्लिम नपर्ने (सूची सहित)

 इसीमाना सम्बाददाता      २०७९ जेठ १८ गते ०९: ३३ मा प्रकाशित     919   पटक पढिएको

बीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यकोलागि अल्पसंख्यकको सूची अन्र्तगत उम्मेदवारी दिएका जसपाका उम्मेदवार खैरुदिन हवारी धोवी बिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उनको उम्मेदवारी खारेजीको माँग गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका अजय कुमार गुप्ताले उजुरी दिएका हुन ।

कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका धोबी , अल्पसंख्यक कोटा भित्र नपर्ने भएकाले उनको उम्मेदवारी खारेजको माग गर्दै गुप्ताले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

 

गुप्ताले २०७४ बैशाख ११ गते प्रकाशीत राजपत्रमा अल्पसंख्यक समुदायको सूची प्रकाशीत भएको र त्यसमा मुस्लिम समुदाय त्यो सूचीमा नरहेकोले हवारीको उम्मेदवारी खारेजीको माँग गर्दै उजुरी दिएको बताए । अल्पसंख्यकको सूचीमा “धोबी” सूचीकृत छ ।

 

हवारीले आफनो नागरिकतामा भएको नाममा धोवी समेत रहेकोले अल्पसंख्यकमा पर्ने दावी सहित उम्मेदवारी दिएको स्रोतको भनाई छ ।

प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले हवारी विरुद्ध उजुरी परेको जानकारी दिदै सो बारेमा कानुन बमोजिम निर्णय हुने बताए ।

वीरगन्ज महानगरपालिकाको ८ जना कार्यपालिका सदस्य चुन्नका लागि मङगलबार मनोनयन दर्ता गरिएको हो । ५ महिला सदस्य पदका लागि १० जनाको र ३ दलित वा अल्पसंख्यक पदका लागि ६ जनाको गरि कुल १६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।


कार्यपालिका सदस्य चयनका लागि मतदान भने जेठ २० गते शुक्रबार हुनेछ । शुक्रबार हुने मतदानमा नवनिर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र सदस्य गरि १६२ जनाले मतदान गर्नेछन् ।

कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । नेपालको गृह मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो ।

स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो । गाउँकार्यपालिका तथा नगरकार्यपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।

 

९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् ।

सरकारले सार्वजनिक गरेको अल्पसंख्यक जातिको सूचीमा शेर्पा, सोनार, घर्ती (भुजेल), कलवार, कुमाल, हजाम (ठाकुर), कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा (तत्वा), खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ (प्रजा), हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार (सन्थाल) छन् । त्यसैगरी, झाँगड (धागर), बाँतर (सरदार) बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी (भेडियार), नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मु (बरामो), गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर ,घले ,यक्ख्खा,कुलुङ ,बढई,लोध,लगायत अल्पसंख्यक जातिको सूचीमा परेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.