logo

जसपाका हवारीको उम्मेदवारी रद्ध गर्न माँग गर्दै उजुरी, अल्पसंख्यकमा मुस्लिम नपर्ने (सूची सहित)

 इसीमाना सम्बाददाता      २०७९ जेठ १८ गते ०९: ३३ मा प्रकाशित     860   पटक पढिएको

बीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यकोलागि अल्पसंख्यकको सूची अन्र्तगत उम्मेदवारी दिएका जसपाका उम्मेदवार खैरुदिन हवारी धोवी बिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उनको उम्मेदवारी खारेजीको माँग गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका अजय कुमार गुप्ताले उजुरी दिएका हुन ।

कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका धोबी , अल्पसंख्यक कोटा भित्र नपर्ने भएकाले उनको उम्मेदवारी खारेजको माग गर्दै गुप्ताले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

 

गुप्ताले २०७४ बैशाख ११ गते प्रकाशीत राजपत्रमा अल्पसंख्यक समुदायको सूची प्रकाशीत भएको र त्यसमा मुस्लिम समुदाय त्यो सूचीमा नरहेकोले हवारीको उम्मेदवारी खारेजीको माँग गर्दै उजुरी दिएको बताए । अल्पसंख्यकको सूचीमा “धोबी” सूचीकृत छ ।

 

हवारीले आफनो नागरिकतामा भएको नाममा धोवी समेत रहेकोले अल्पसंख्यकमा पर्ने दावी सहित उम्मेदवारी दिएको स्रोतको भनाई छ ।

प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले हवारी विरुद्ध उजुरी परेको जानकारी दिदै सो बारेमा कानुन बमोजिम निर्णय हुने बताए ।

वीरगन्ज महानगरपालिकाको ८ जना कार्यपालिका सदस्य चुन्नका लागि मङगलबार मनोनयन दर्ता गरिएको हो । ५ महिला सदस्य पदका लागि १० जनाको र ३ दलित वा अल्पसंख्यक पदका लागि ६ जनाको गरि कुल १६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।


कार्यपालिका सदस्य चयनका लागि मतदान भने जेठ २० गते शुक्रबार हुनेछ । शुक्रबार हुने मतदानमा नवनिर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र सदस्य गरि १६२ जनाले मतदान गर्नेछन् ।

कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । नेपालको गृह मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो ।

स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो । गाउँकार्यपालिका तथा नगरकार्यपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।

 

९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् ।

सरकारले सार्वजनिक गरेको अल्पसंख्यक जातिको सूचीमा शेर्पा, सोनार, घर्ती (भुजेल), कलवार, कुमाल, हजाम (ठाकुर), कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा (तत्वा), खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ (प्रजा), हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार (सन्थाल) छन् । त्यसैगरी, झाँगड (धागर), बाँतर (सरदार) बरई, कहर, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी (भेडियार), नुराङ, याक्खा, दराई, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मु (बरामो), गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर ,घले ,यक्ख्खा,कुलुङ ,बढई,लोध,लगायत अल्पसंख्यक जातिको सूचीमा परेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.