logo

माइस्थान मन्दीरमा प्राण प्रतिष्ठा महायज्ञ हुने, श्रद्धालु भक्तजनलाई सहभागी हुन अध्यक्ष अग्रवालको आपिल

 इसीमाना सम्वाददता     २०७९ जेठ १७ गते ०९: ०० मा प्रकाशित     641   पटक पढिएको

बीरगंजको माइस्थानमा शिव परिवार मन्दीरमा निर्माण भएका मुर्तीहरुको प्राण प्रतिष्ठाकालागि श्री देव प्राण प्रतिष्ठा महायज्ञ हुने भएको छ ।

 

मन्दीर परिसरमा हुने महायज्ञको तयारी भब्य रुपमा भइरहेको छ । महायज्ञमा पर्सा र चितवनका गरी २१ जना पुरेतहरुको सहभागिता रहने छ । २२ गते देखी २६ गते सम्म हुने यज्ञमा सबै भक्तजनलाई सहभागिता जनाउनकालागि माइस्थान मन्दीर निर्माण समितिका अध्यक्ष बाबुलाल अग्रवालले आग्रह गरेका छन ।


शिव परिवार मन्दीरमा श्री काल भैरब, लक्ष्मी माता, र शितला माताको मूर्ती स्थापना गरिएको छ । यो मूर्तीहरुको प्राण प्रतिष्ठा संगै मन्दीर परिसरमा रहेको तर जिर्ण अवस्थामा पुगेको लक्ष्मी माताको मूर्तीलाई क्षमा पूजा गरी बिधिवत रुपमा बिर्सजन गरिने समेत अग्रवालले जानकारी दिए ।


माइस्थान मन्दीरको निर्माण सगै मन्दीरको परिसरमा रहेका अन्य मन्दीरहरुको निर्माणकालागि पनि अग्रवालको अध्यक्षतामा रहेको समितिलाई नै जिम्मेवारी दिएको थियो ।

 

त्यही जिम्मेवारीका अधारमा अहिलेको मन्दीर निर्माण गरिएको अग्रवालको भनाई छ । करीब २ करोडको लागतमा मन्दीर निर्माण भएको हो ।

 

मन्दीर निर्माणकालागि संबिधान सभाका सदस्य राजेन्द्र बहादुर अमात्यले संसदीय बिकासकोषको ८ लाख, प्रदेश सभाका सदस्य रमेश कुर्मीले ३० लाख ओमप्रकाश शर्माले ५ लाख तथा बीरगंजका अन्य करिब ६० जना लब्ध प्रतिष्ठित उधोगी ब्यवसायी र समाजसेवीले दिएको चन्दाबाट मन्दीरको निर्माण भएको अग्रवालले जानकारी दिए ।


२२ गते बिहान ८ बजेदेखी कलश यात्रा सहित यज्ञ आरम्भ हुने छ । २३ गते अन्नाधिवास, २४ गते पुष्पाधिवास २५ गते रथयात्रा नगर परिक्रमा र २६ गते प्राण प्रतिष्ठा हवन तथा पूर्णहुती तथा प्रसाद बितरण गर्ने गरी कार्यक्रम मिलाइएको अग्रवालले बताए ।


मन्दीर भवनमा एउटा कार्यालय कक्ष सहित दुई वटा कोठा माथि सानो कार्यक्रम गर्नकालागि हलको समेत ब्यवस्था भएको समाजसेव िनरेन्द्र शाहले जनाए ।


मन्दीर परिसरमा रहेको पार्कलाई पूर्ननिर्माण चाचान ग्रुपले गर्ने भएको छ । राम्रो बनाउनकालागि चाचान ग्रुपले जिम्मेवारी लिएको ग्रुपका अध्यक्ष समेत रहनु भएका अग्रवालले जानकारी दिए । मन्दीर अगाडिको पार्कको केही भाग सेडसहितको निर्माण हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.