logo

गठबन्धनको प्रतिवद्धता पत्र सार्वजनीक लामखुट्टे नियन्त्रणकालागि एक महिने घरदैलो अभियान चलाइने

 इसीमाना सम्वाददता     २०७९ बैशाख २३ गते १०: २७ मा प्रकाशित     649   पटक पढिएको

स्थानीय तहको निर्वाचन सन्निकट रहेको अवस्थामा पाँच दलीय गठबन्धनले आफनो प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । प्रतिवद्धता पत्रमा गर्न सकिने कुरामात्र लेखिएको गठबन्धनको दावी छ ।

 

जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं, प्रतिवद्धता पत्रमा उल्लेख छ ।गठबन्धनले शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गरेको हो ।

 

नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी सम्मिलित गठबन्धनका नेताहरुले संयुक्त रुपमा ‘साझा प्रतिबद्धता’ पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै गठबन्धनबाट वीरगन्ज महानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले वीरगन्ज महानगरपालिकालाई एउटा उन्नत नगर बनाउन प्रतिबद्धता जनाएका छन् ।


धुलो, धुँवा, कोलाहल, दुर्घटना सहेर देशको ढुकुटी भुर्नलाई नै आफ्नो जिम्मेवारी ठानेको बीरगंज महानगरपालिकाले ‘आर्थिक राजधानी’ को मौखिक उपमा बाहेक न्यायपूर्ण व्यवहार नपाएको उनले बताए ।

 

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीको केन्द्रिय निर्णय अनुसार गठबन्धनमा आबद्ध सम्पूर्ण पार्टीका जिल्ला स्तरीय नेताहरु एक ढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका नेता चीरन्जीवी आचार्य , बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका बिजय महतो लगायतको सहभागिता रहेको थियो ।


महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाई घरदैलो अभियान नै चलाउने जनाईएको छ भने सफाईकर्मी आए/नआएको र फोहोर संकलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्दता पत्रमा उल्लेख गरीएको छ ।

 

डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, बृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अब्यवस्थीत तार व्यवस्थापन र सिर्सिया नदिको प्रदुषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ पेश गरीएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.