logo

जनप्रतिनिधिहरु सुविधाका गाडी फिर्ता गर्दै ,सरावगीले बुझाए गाडी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ७ गते ०२: ०६ मा प्रकाशित     742   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाक प्रमुख बिजय कुमार सरावगीले आज नगर प्रमुखको रुपमा लिएको सुबिधा बापतको गाडी महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ।

 

उहाँ नगर प्रमुख भएपछि नीजि सवारी प्रयोग गर्दै आउनु भएको थियो । स्थानीय प्रशासनले नीजी सवारीमा सुरक्षा थ्रेट भएकोले सरकारी गाडी प्रयोग गर्न सुझाएपछि महानगरपालिकाले नयाँ गाडी किनेको हो ।

 

महानगरको कार्यपालिकाले गाडी खरिद गर्ने निर्णय सर्वसम्मत रुपमा गरेपछि महानगरले नयाँ गाडी खरिद गरेको थियो । महानगरले मेयर , उपमेयर , कार्यकारी प्रमुखले प्रयोग गर्ने गरि नयाँ गाडीहरु खरिद गरेको थियो । त्यही गाडी महानगरप्रमुख सरावगीले आज बुझाउनु भएको हो ।

 

माथिल्लो तहबाट महत्वपूर्ण ब्यक्तिहरु बीरगंज आउदा सवारी चलाउन एउटा राम्रो गाडी आवश्यक भएकोले पनि महानगरले यो गाडी खरिद गरेको थियो । महानगरले १ करोड ४४ लाखमा खरिद गरिएको उक्त गाडि आज २ करोड भन्दा बढी पर्ने भएको छ ।

 

गाडीको साँचो हस्तान्तरण गर्दै नगरप्रमुख सरावगीले गाडि नगरबासीको सम्पति भएको हुनाले उहाँहरुको नासो निर्बाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपावस भनेर जनताकै प्रतिनिधीमुलक संस्था महानगरलाई बुझाएको धारणा राख्नुभयो ।


यसैगरि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले पनि सुविधाको गाडी गाउँपालिकालाई बुझाउनु भएको छ । उहाँले चढने गरेको गाडी ८१ लाखमा खरिद गरिएको थियो । त्यसैगरि बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पनि सुविधाको स्करपियो नगरपालिकामा बुझाउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.