logo

पत्रकार गिरीश गिरीद्वारा लिखित सत्यमोहन जोशीका बिषयमा बीरगंजमा परिचर्चा

 इसीमाना सम्बाददाता      २०७८ चैत १८ गते ०८: ४१ मा प्रकाशित     587   पटक पढिएको

पत्रकार गिरीश गिरीद्वारा लिखित सत्यमोहन जोशीका बिषयमा बीरगंजमा एक परिचार्चा कार्यक्रम सम्पन्न भएको छ । पाठशाला नेपालको आयोजनामा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरिएको परिचर्चामा सत्यमोहन जोशीको बिषयमा वक्ताहरुले प्रकाश पारेका थिए ।

 

सत्यमोहन जोशी लेख्नकालागि जुरेको संयोगको बारेमा चर्चा गर्दै लेखक गिरीले लेखक कुमार नगरकोटीको कल्पग्रन्थ पुस्तक दिनजाँदा जोशीले “गिरीश गिरीले मेरो बारेमा जीवनी लेखिदिए त्यो पुस्तक हेर्ने चाहना थियो” भनेकोले पुस्तक लेख्ने कुराले ठोस आकार पाएको बताउनु भयो ।

 


सत्यमोशन जोशीलाई समाचार कक्षमा हुदा काठमाण्डौको संस्कृतिका बिषयमा समाचार लेख्दा “कोड” गरे पछि मात्र त्यो समाचारले जीवन पाउथ्यो त्यही बेलादेखी जोशीसंग नजिक भएको प्रसंग निकाल्दै गिरीले जोशीले नेपाल राष्ट्रकालागि अतुलनीय योगदान गरेको बताउनु भयो ।

 

तीन पटक सम्म मदन पुरस्कार प्राप्त जोशीले खस भषाको बारेमा पनि गहन अध्धयन र खोज गरेको बताउनु भयो । कार्यक्रममा सत्यामोशन जोशी पुस्तकको प्रकाशन संस्था बुक हिलका भूपेन्द्र खडकाले पुस्तक अध्ययन संस्कृतिको बिकासमा जोड दिनु भयो ।

 

उहाँले समाजको जुन सुकै क्षेत्रमा बसेर योगदान दिन खोजेपनि त्यसकोलागि ज्ञान चाहिने ज्ञान पुस्तकबाट पाउन सकिने भएकोले पढनु पर्ने कुरामा जोड दिनु भयो । कुमार नगरकोटीले पुस्तकको बारेमा चर्चा गर्दै पुस्तक पढन शुरु गरेपछि छोडन मन नलाग्ने खालको रहेको बताउनु भयो ।

 

उहाँले सत्यमोशन जोशीलाई त्यती मायालु, प्रफूल्ल हुने खालको वा चाखलाग्दो नठानेको तर गिरीश गिरीको पुस्तक सत्यमोहन पढ्न थालेपछि त्यही मान्छे मायालु छ जस्तो लाग्न थालेको बताउनु भयो ।


पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष गणेश लाठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने के.सी.लामिछानेले कार्यक्रम संचालन गनुृ भएको थियो ।


बुक हिलले प्रकाशन गरेको सत्यमोशन जोशी ३ सय ७ पृष्ठको रहेको छ । जोशीको १ सय २ वर्षको जीवनका बिभिन्न कालखण्डाका तस्विरहरु पनि पुस्तकमा समेटिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.