logo

प्रजान्त्रिक आन्दोलनका योद्धा शर्माको ब्यक्तित्व बारे चर्चा, व्यक्ति एक ब्यक्तित्व अनेक नामक पुस्तक बिमोचीत

 इसीमाना सम्बाददाता      २०७८ चैत १६ गते ०६: ५० मा प्रकाशित     462   पटक पढिएको

प्रजातान्त्रिक आन्दोलनका अगुवा वीरगन्जका सामाजिक अभियन्ता तथा बरिष्ठ अधिवक्ता शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलनका संयोजक स्व. प्रेमनाथ शर्माको स्मृतिमा प्रकाशित पुस्तक ‘व्यक्ति एक ब्यक्तित्व अनेक’ विमोचन गरिएको छ ।

शर्माकी बुहारी लक्ष्मी पोखरेलद्वारा लिखित पुस्तक वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार विमोचन गर्नुभएको हो । विमोचन समारोहमा बोल्ने वक्ताहरूले स्व.शर्माले समाजका बिभिन्न पक्षमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।


बरिष्ठ अधिवक्ता, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता समेत रहनुभएका शर्माले नेपाली कांग्रेसलाई स्थापित गर्न निकै ठुलो भूमिका खेलेको ब्यक्तिको रुपमा सदैब स्मरणीय रहने भन्दै वक्ताहरुले उहाँलाई सम्मान पूर्वक सम्झिाएका थिए । उहाँका छोरा श्याम पोखरेलले विगतलाई स्मरण गर्दै शर्मा एक निडर र इमान्दार व्यक्तित्व र भ्रष्टाचारको कट्टर विरोधी रहेको बताउनुभयो ।

 

सामाजिक परिवर्तनको आन्दोलनमा जीवनको अन्तिम सम्म सक्रिय रहनुभएका शर्माले २०६२र०६३ को आन्दोलनमा नेतृत्व लिएर आन्दोलनलाई उचाईमा पु¥याउनु भएको थियो । नेपाली राजनीतिका उच्च व्यक्तिहरुसँग मात्रै नभई वीरगन्जमा पनि उहाँ सबैका सामु परिचित हुनुभएको थियो । उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनल मार्फत पनि सदाचार आन्दोलनको अगुवाई गर्नु भएको थियो ।

 

सदाचार पद्धतीले मात्र समाज राम्रो हुने कुरामा जोड दिने शर्माले भ्रष्टाचारका बिरुद्ध निर्ममता पूर्वक लडनु पर्नेमा जोड दिने गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्मरण गर्नुृ भयो । शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलनको नेतृत्व गर्नु भएका शर्माको प्रजातान्त्रिक आन्दोलनमा पनि अतुलनीय योगदान रहेको उहाँले बताउनु भयो ।

 

लेखक लक्ष्मी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की बरिष्ठ पत्रकार जगदीश शर्मा, उद्योगी तथा साहित्यकार गणेश लाठ, नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेश अध्यक्ष फुलमहम्मद मियाँ, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ध्रुब नेपाल लगायतले स्व. शर्माको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण उदय शर्माले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.