logo

फूलजोर पुलमा यत्राुबाहक बस दुर्घटना,चारको मृत्यु दुईको सनाखत हुन बाँकी, बत्तीस घाइते

 इसीमाना सम्वाददता     २०७८ चैत १३ गते ०५: ५० मा प्रकाशित     546   पटक पढिएको

महेन्द्र राजमार्ग राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । त्यस मध्य दुई जनाको सनाखत हुन नसकेको मधेश प्रदेश ट्राफीक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

 

मृतकमध्ये सिन्धुलीको तिनपाटन गाउँपालिका २, की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको हो ।

 

प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन् । दुर्घटनामा उनकी तीन महिने छोरी अवासी श्रेष्ठ भने सामान्य घाइते मात्र रहेको प्रहरीले जनाएको छ । ती बच्चीको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको छ ।

 

एक महिला सहित दुई मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरुको पनि पहिचान खुलाउने प्रयास भईरहेको प्रहरीले जनायो । मृतक ४ जनाकै शव पोष्टमार्टमका लागि मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

वीरगंजबाट जनकपुर जाँदै गरेको ना. ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस बिहान सबा ११ बजे लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेको थियो । दुर्घटनामा परेर बसका चालक सहित ३२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

बसका चालक बाराको कलैया उपमहानगरपालिका १२ निवासी ४८ वर्षीय ज्योतिप्रसाद साहको समेत प्रहरी निगरानीमा उपचार चलिरहेको छ ।

घाईतेमध्ये गम्भीर १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवास तर्फ थप उपचारका लागि पठाईएको छ भने सामान्य घाईते २२ जनाको भने लालबन्दी र रानिगंजका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको लालबन्दी प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.