logo

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

 इसीमाना सम्वाददाता     २०७८ चैत १२ गते ०८: ३६ मा प्रकाशित     601   पटक पढिएको

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समहुदी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले ईतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताउनु भयो ।

 


उहाँले हिन्दु धर्म संस्कृति बिज्ञानसम्मत रहेको बताउदै, विज्ञान पनि हिन्दु धर्म संस्कृति अनुसारनै चल्दै आएको प्रष्ट पार्नु भयो । नेपालमा हिन्दु धर्म गौण हुदै गईरहेको छ, हिन्दू धर्मको रक्षा गर्न नसकिए नेपालीको अस्तित्व नै समाप्त हुने भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।’


नेपाललाई नेपाली जनताकै कारण हिन्दु राष्ट्र गुमाउँनु पुगेका छौ उहाँले भन्नु भयो , ‘हाम्रै देश, गाउँ, परम्परा, भाषा र रहन सहन थियो, हामी कहिना कहि चुकर विदेशीहरुको प्रभावमा परी ठूलो गल्ती गरेका छौ जसको कारणले गर्दा हाम्रो परम्परा, मुल्य मान्यता दबिएको छ ।’


धर्मनिरपेक्षता संगै देशका नयाँ पिडिमा नयाँ छाप छोडिएको छ धर्म, संस्कृतिको ज्ञान अभावका कारण हिन्दुधर्मलाई रुढीवादी सोच तर्फ धकेल्न पुगिएको छ । प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिडीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पु¥याउँन आवश्यक रहेको उनले बताए ।


कार्यक्रममा राजनीतिक विश्लेषक डा.देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोमा आपत्ती जनाउनु भयो ।
हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको उहाँले जोड दिनु भयो ।

 

हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहने छ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक भएकोले यसको संरक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको उनले बताउनु भयो ।


कार्यक्रममा बरिष्ठ समाजसेवी अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाउनु भयो । जनताको जनमत नै नलिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमेको उहाँले बताउनु भयो । विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाउनु भयो ।’



कार्यक्रमका संयोजक माधव राजपाल , बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।


एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याबन नगर अध्यक्ष आलोक चौरसिया, संघका जिल्ला संघचालक ललन द्धिवेदी, हिन्दु स्वयंसेवक संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता, काँग्रेस युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो, तथा गम्छा ओढाई भव्य रुपमा सम्मान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.