logo

रेडक्रस पर्समा कर्मचारी छनौटमा अनियमितताको आरोप, पेपर रद्ध गरिएको परिक्षार्थीको दावी

 इसीमाना सम्वाददाता     २०७८ चैत ११ गते ०७: १२ मा प्रकाशित     718   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कर्मचारी आपूर्तीकालागि बिज्ञापन प्रकाशीत गरे पछि छनौट प्रक्रिया अपारदर्शी र अन्यायपूर्ण रहेको परिक्षामा सम्मीलीत एक उम्मेदवारले आरोप लगाएका छन ।


छनौट प्रक्रियामा सहभागि उम्मेदवार सुरज सिंहले यस्तो आरोप लगाएका हुन ।


उनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले माँग गरेको सबै कागजपत्र उपलब्ध गराएर प्रक्रियामा सामेल भएको भएपनि शाखाले आफनो रिजल्ट प्रकाशित नगरेको उनले आरोप लगाए ।

 

सिंहले आफनो रिजल्ट ननिस्केको बारेमा रेडक्रस पर्साले झिकाएको बिज्ञ पवन कुमार गुप्ताले उत्तर पुस्तिकामा परिक्षार्थीको नाम र दर्ता नम्बर उललेख भएकोले पेपर रद्ध गरिएको जानकारी दिएको सिंहले बताए ।

 

तर सिंहले नाम र दर्ता नम्बर बिज्ञ गुप्तासंग सोधेर लेखेको बताएका छन । परिक्षामा सामेल भएका बिद्यार्थीको परिणाम ननिकालेर रेडक्रसले अन्याय गरेको सिंहको भनाई छ ।

 

रेडक्रसको स्थापित मूल्य मान्यता त्यसको निष्पक्षता , तटस्थतामै प्रश्न उठने गरि काम भएको सिंहको टिप्पणी छ । सिंहले यस बिषयमा पदपूर्ती समितिका संयोजक रेडक्रसका शाखा सभापति बीरेन्द्र कडेल संग पनि गुनासो गर्दा जिल्ला अदालत जानु वा जिल्ला प्रशासन जानु भन्दै कुरै सुन्न अस्वीकार गरेको सिंहले बताउनु भयो ।

 


सिंहले आफूले जाँगिर नपाए पनि रेडक्रस जस्तो पवित्र संस्थामा भविष्यमा कुनै षडयन्त्र नहोस र कोही अन्यायमा पर्नु नपरोस भन्नकालागि यो बिषय सार्वजकीकरण गर्न चाहेको सिंहले बताएका छन ।


तर रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कडेलले कर्मचारी छनौटमा कुनै अनियमितता नभएको दावी गर्नु भएको छ । उहाँले अन्याय भएको छैन कसैलाई लागेको छ भने छानविकालागि अन्य निकायमा जादा हुने र आफूहरुले सबै कागजपत्र उपलब्ध गराउने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.