logo

रेडक्रस पर्समा कर्मचारी छनौटमा अनियमितताको आरोप, पेपर रद्ध गरिएको परिक्षार्थीको दावी

 इसीमाना सम्वाददाता     २०७८ चैत ११ गते ०७: १२ मा प्रकाशित     593   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कर्मचारी आपूर्तीकालागि बिज्ञापन प्रकाशीत गरे पछि छनौट प्रक्रिया अपारदर्शी र अन्यायपूर्ण रहेको परिक्षामा सम्मीलीत एक उम्मेदवारले आरोप लगाएका छन ।


छनौट प्रक्रियामा सहभागि उम्मेदवार सुरज सिंहले यस्तो आरोप लगाएका हुन ।


उनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले माँग गरेको सबै कागजपत्र उपलब्ध गराएर प्रक्रियामा सामेल भएको भएपनि शाखाले आफनो रिजल्ट प्रकाशित नगरेको उनले आरोप लगाए ।

 

सिंहले आफनो रिजल्ट ननिस्केको बारेमा रेडक्रस पर्साले झिकाएको बिज्ञ पवन कुमार गुप्ताले उत्तर पुस्तिकामा परिक्षार्थीको नाम र दर्ता नम्बर उललेख भएकोले पेपर रद्ध गरिएको जानकारी दिएको सिंहले बताए ।

 

तर सिंहले नाम र दर्ता नम्बर बिज्ञ गुप्तासंग सोधेर लेखेको बताएका छन । परिक्षामा सामेल भएका बिद्यार्थीको परिणाम ननिकालेर रेडक्रसले अन्याय गरेको सिंहको भनाई छ ।

 

रेडक्रसको स्थापित मूल्य मान्यता त्यसको निष्पक्षता , तटस्थतामै प्रश्न उठने गरि काम भएको सिंहको टिप्पणी छ । सिंहले यस बिषयमा पदपूर्ती समितिका संयोजक रेडक्रसका शाखा सभापति बीरेन्द्र कडेल संग पनि गुनासो गर्दा जिल्ला अदालत जानु वा जिल्ला प्रशासन जानु भन्दै कुरै सुन्न अस्वीकार गरेको सिंहले बताउनु भयो ।

 


सिंहले आफूले जाँगिर नपाए पनि रेडक्रस जस्तो पवित्र संस्थामा भविष्यमा कुनै षडयन्त्र नहोस र कोही अन्यायमा पर्नु नपरोस भन्नकालागि यो बिषय सार्वजकीकरण गर्न चाहेको सिंहले बताएका छन ।


तर रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कडेलले कर्मचारी छनौटमा कुनै अनियमितता नभएको दावी गर्नु भएको छ । उहाँले अन्याय भएको छैन कसैलाई लागेको छ भने छानविकालागि अन्य निकायमा जादा हुने र आफूहरुले सबै कागजपत्र उपलब्ध गराउने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.