logo

उपभोगयोग्य खाद्य सामाग्री नदिएर जनताको अपमान,कलैयामा मेयरको कोल्डस्टोर्समा प्रशासनको छापा 

इसीमाना सम्वाददाता

      4/11/2020 गते 00 00 मा प्रकाशित     1237   पटक पढिएको

बीरगंज २९ चैत ।
कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा बारा प्रशासनले छापामारी  गरी ३ सय ८० बोरा दाल सिल बन्दी गरेको छ ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए । जनताको गुनासेका आधारमा नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।


संकलीत नमुनाको परिक्षण गरिने छ । परिक्षणकालागि  खाद्य प्रयोगशालामा पठाइने उहाँले बताउनु भयो ।परिक्षण प्रतिवेदन आएपछि त्यसको आधारमा थप निर्णय लिइने उहाँले बताउनु भयो । सरकारले  कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरेको छ । यस्तो रोजगार बन्दका कारण खाने पिउने समस्यामा रहेका मजदुरहरुलाई राहत उपलब्ध गराउने सरकारी नीति रहेको छ । राहत बितरणको जिम्मेवारी स्थानीय सरकारको  प्रत्यक्ष काम भित्र रहेको छ । कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफनै नागरिकलाई खान योग्य नरहेको दाल बितरण गरेर जग हसाएका छन । 

५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी दाल बितरणको योजना बनाएका हुन । कलैया उपमहानगरपालिकाको वडा नम्बर १, ७ र २० का स्थानीय गरीब र मजदुरकालागि राहत वितरण गर्दा नै स्थानीयले दालको गुणस्तरको सवाल उठाउदै ववाल गरेपछि  रोकिएको थियो ।   वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

स्थान्ीय प्रशासनले चामल ल्याईएको गोदामको समेत खोजी गरिरहेको छ । उपभोग्ययोग्य नरहेको खाद्य समाग्री बितरण गरेर कलैया उपमहानगरपालिकाले जनार्दनको उपमाले सम्मान गर्ने आफनौ नागरिकको अपमान गरेको छ । महामारीका बिरुद्ध सबै नागरिकलाई एकताको सुत्रमा बाँधेर जुटनु पर्ने उपमहानगर प्रमुख मुनाफा खाज्न कुदेपछि उनको राजनीतिक जीवनमै गम्भिर प्रश्न उठेको छ । 


प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले केहिबेर अगाडि गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ ।  नगरप्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.