logo

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सव सम्मन्न, साहित्यकार सम्मानीत, साहित्यीक प्रकाशनको बिमोचान

 इसीमाना सम्वाददाता     २०७८ फागुन २१ गते ०८: ४३ मा प्रकाशित     758   पटक पढिएको

साहित्यिक चौतारी नेपालको आठौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी केन्द्रिय अध्यक्ष गीता भण्डारीको सभापतित्वमा कृति विमोचन एवम् रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका लोक तथा साहित्य विद्याका प्रमुख एवम् साहित्यिक चौतारीका बरिष्ठ सल्लाहकार डा. देवी नेपालले साहित्यको विकासका लागि चौतारीले गरेका कामहरुको प्रशंसा गर्नु भयो ।

 


उहाँले साहित्यको विकासमा नयाँ पुस्ताले चासो राख्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवम् बरिष्ठ साहित्यकार डा. गणेश भट्टराई साहित्य सृजनाले परिर्वतनलाई टेवा पुर्रयाउनु पर्नेमा ध्यान दिन सर्जकलाई आग्रह गर्नु भयो ।

 

सो अवसरमा साहित्यिक चौतारी नेपालको प्रकाशन चौतारीको चौथो अंक, साहित्यिक चौतारी इजरायल शाखाको भावाक्षर, साहित्यिक चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण र साहित्यिक चौतारी मधेश प्रदेश समितिका अध्यक्ष समिर पाख्रिनको परिणति पुस्तक विमोचन गरिएको थियो ।

 

झरणा साहित्य परिवार मकवानपुरका अध्यक्ष एवम् हेटौडा क्याम्पसका सहप्राध्यापक दिपक गौतमले साहित्यिक चौतारीको कृतिको समिक्षा गर्नु भएको थियो । त्यसैगरी झरणा साहित्य परिवार मकवानपुरका उपाध्यक्ष एवम् समालोचक विश्वनाथ सञ्जेलले चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण गजल संग्रहको समिक्षा गर्नु भएको थियो ।

 

पर्वतबाट तारानाथ पराजुली प्रदेश नम्बर १ बाट श्यामकुमार श्रेष्ठ, मधेश प्रदेशबाट सूर्यनारायण वि.क. , गण्डकी प्रदेशबाट दुर्गा भुसाल, लुम्बिनी प्रदेशबाट शिरीष बन्जाडेले रचना वाचन गरेका थिए । यस्तै स्थानीय साहित्यकारको रुपमा मोदिउर रहमान, अजमत अली, अनिता साह, महेशचन्द्र गौतम लगायतले रचना वाचन गरेका थिए ।

 

भोजपुरी साहित्यमा योगदान दिएको भन्दै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार उमाशंकर द्विवेदीलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । ३७ जना आजिवन सदस्य र आजै थपिएका दिपक गौतम र अप्सरा पुडाँसैनीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

साहित्यिक चौतारीकी कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण साहित्यिक चौतारीका महासचिव रामप्रसाद सुवेदी संगमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.