logo

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

      4/7/2020 गते 00 00 मा प्रकाशित     1542   पटक पढिएको

बीरगंज २५ चैत  । छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ ।

 

पालिकाले सर्वदलीय बैठक राखी कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले गरेको लकडाउनको आव्हानलाई पालना गर्दा समस्यामा परेका श्रममा आधारित घरपरिवारलाई राहत उपलब्ध गराउने नीति बनाएको थियो ।

 

सोही अनुरुप नेपाल सरकारले तयारको मापदण्ड मुताविक राहत बितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले जानकारी दिनु भयो । 


 गाउँपालिकाले आज वडा नं ५ भस्विाका ३ सय ७० परिवारलाई   चामल ३०किलो, दाल ३ किलो, आलु २ किलो, प्याज १ किलो, खाने तेल २ लिटर, नुन २ किलो, सोयाबीन २ सय ५० ग्राम र साबुन ४ थानका दरले राहत वितरण गरेको हो ।राहतको यो प्याकेजलाई २ हजार तीन सय रुपैया पर्ने गरेको अध्यक्ष गुप्ताले बताउनु भयो

प्रदेश सरकारबाट राहत वितरणको लागि प्राप्त अनुदान र गाउँपालिकाको बिपद ब्यवस्थापमा राखिएको रकमबाट  राहत बाँडने काम गरिएको अध्यक्ष गुप्ताले बताउनु भयो । 

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको पश्चिमी दक्षीण भारतसंग जोडिएको गाउँपालिका हो । भारतसंगको खुला सीमाका कारण उताबाट ब्यक्तिहरु नेपाल प्रवेश गर्न सक्ने कुरालाई पनि पालिकाले गम्भिरता पूर्वक लिएको गुप्ताको भनाई छ ।

 

मिर्जापुरमा नयाँ गस्ती पोष्ट खडा गरिएको उहाँले जानकारी दिनु भयो  त्याहाबाट वडा नं १ र २ मा प्रवेश गर्न चाहनेहरुलाई रोकिने र भिस्वामा भएको चौकीले ३ र ५ को सीमा निगरानी गर्ने गरी मिलाईएको उहाँको भनाई छ । पालिकासंग १२ जना गाउँप्रहरी छन ।

 

आठ वटा मोटरसाइकिल पेट्रोलिङकोलागि परिचालीत  छ  । पाँच वडामा बिभाजित गाउँ  प्रहरीसंग सूचना प्रवाहकालागि वकीटकीको ब्यवस्था छ । जसले गर्दा सूचना प्रवाह र समस्या समाधानमा प्रभावकारी काम हुन सकेको अध्यक्ष गुप्ताको भनाई छ ।

 

गुप्ता आफै वकीटकी बोकेर मैदानमा उत्रिन्छन । सूचना आउने बित्तिकै कोसंग समन्वय गर्ने फटाफट गरिहाल्छन । अहिले राहत बितरणमा गाउँ प्रहरी र प्रविधिको प्रयोगले निकै प्रभावकारी काम हुन सकेको गुप्ताको अनुभव छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.