logo

छिपहरमाईमा सरकारी मापदण्ड अनुरुप राहत बितरण,वकीटकी बोकेर अध्यक्ष आफै जनताको घरमा पुग्छन

      4/7/2020 गते 00 00 मा प्रकाशित     1699   पटक पढिएको

बीरगंज २५ चैत  । छिपहरमाई गाउँपालिकाले आफनो पालिका भित्र करिब १ हजार ६ सय परिवारलाई राहत उपलब्ध गराउनु पर्ने तथ्याकं संकलन गरेको छ । गाउँपालिकामा ९ हजार घरधुरी रहेको  छ ।

 

पालिकाले सर्वदलीय बैठक राखी कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले गरेको लकडाउनको आव्हानलाई पालना गर्दा समस्यामा परेका श्रममा आधारित घरपरिवारलाई राहत उपलब्ध गराउने नीति बनाएको थियो ।

 

सोही अनुरुप नेपाल सरकारले तयारको मापदण्ड मुताविक राहत बितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले जानकारी दिनु भयो । 


 गाउँपालिकाले आज वडा नं ५ भस्विाका ३ सय ७० परिवारलाई   चामल ३०किलो, दाल ३ किलो, आलु २ किलो, प्याज १ किलो, खाने तेल २ लिटर, नुन २ किलो, सोयाबीन २ सय ५० ग्राम र साबुन ४ थानका दरले राहत वितरण गरेको हो ।राहतको यो प्याकेजलाई २ हजार तीन सय रुपैया पर्ने गरेको अध्यक्ष गुप्ताले बताउनु भयो

प्रदेश सरकारबाट राहत वितरणको लागि प्राप्त अनुदान र गाउँपालिकाको बिपद ब्यवस्थापमा राखिएको रकमबाट  राहत बाँडने काम गरिएको अध्यक्ष गुप्ताले बताउनु भयो । 

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको पश्चिमी दक्षीण भारतसंग जोडिएको गाउँपालिका हो । भारतसंगको खुला सीमाका कारण उताबाट ब्यक्तिहरु नेपाल प्रवेश गर्न सक्ने कुरालाई पनि पालिकाले गम्भिरता पूर्वक लिएको गुप्ताको भनाई छ ।

 

मिर्जापुरमा नयाँ गस्ती पोष्ट खडा गरिएको उहाँले जानकारी दिनु भयो  त्याहाबाट वडा नं १ र २ मा प्रवेश गर्न चाहनेहरुलाई रोकिने र भिस्वामा भएको चौकीले ३ र ५ को सीमा निगरानी गर्ने गरी मिलाईएको उहाँको भनाई छ । पालिकासंग १२ जना गाउँप्रहरी छन ।

 

आठ वटा मोटरसाइकिल पेट्रोलिङकोलागि परिचालीत  छ  । पाँच वडामा बिभाजित गाउँ  प्रहरीसंग सूचना प्रवाहकालागि वकीटकीको ब्यवस्था छ । जसले गर्दा सूचना प्रवाह र समस्या समाधानमा प्रभावकारी काम हुन सकेको अध्यक्ष गुप्ताको भनाई छ ।

 

गुप्ता आफै वकीटकी बोकेर मैदानमा उत्रिन्छन । सूचना आउने बित्तिकै कोसंग समन्वय गर्ने फटाफट गरिहाल्छन । अहिले राहत बितरणमा गाउँ प्रहरी र प्रविधिको प्रयोगले निकै प्रभावकारी काम हुन सकेको गुप्ताको अनुभव छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.