logo

मधेशका युवाहरु गम्भिर छलफलमा, गुणस्तरीय शिक्षाको कुरा बढी काम कम भएको निष्कर्ष

 इसीमाना सम्वाददाता     २०७८ फागुन ७ गते ०६: ४२ मा प्रकाशित     548   पटक पढिएको

दिगो बिकासको लक्ष्य गुणस्तरीय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेका थियो ।

 

मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा युवाहरुले छलफल गरेका थिए । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए । दक्ष जनशक्तिको अभाव, बनेका नियम कानुनहरु कार्यान्वयन नहुनु, पितृसत्तात्मक सोच, अन्धविश्वास लगायतका प्रवृतिको अन्त्य नहुँदसम्म गुणस्तरीय शिक्षा र लैंगिक समानताले सार्थकता नपाउने सहभागी युवाहरुको धारणा थियो ।

 

सातवटै प्रदेशका युवाहरुलाई समावेश गरेर गुणस्तरीय शिक्षा र लैंगिक समानता सम्बन्धमा सचेत बनाउने र नयाँ पुस्ताको धारणालाई निर्णायक क्षेत्रमा पु¥याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको युवा संस्थाकी कार्यक्रम संयोजक श्रेया श्रेष्ठले बताउनु भयो ।

 

यसअघि ६ वटै प्रदेशमा सम्पन्न भईसकेको कार्यक्रम शनिबार मधेश प्रदेशको वीरगञ्जमा सम्पन्न भएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा र धनुषाका युवाहरुले आ–आफ्नो जिल्ला र गाउँमा गुणस्तरिया शिक्षा र लैंगिक समानतासम्बन्धी विद्यमान चुनौतीहरु प्रस्तुत गरेका थिए ।

 

चुनौतीसँगै ति चुनौतीहरुको समाधानका लागि स्थानीय एवम् प्रदेश सरकारले गरीरहेका पहलहरुको बारेमा पनि युवाहरुले चासो देखाएको संस्थाकी कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।

युवाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको युवाले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउनका लागि कार्यक्रम गरिरहेको संस्थाकी सूचना अधिकारी स्नेहा ताम्राकारले बताउनु भयो ।

 

युवाहरुले प्रस्तुत गरेका चुनौती, समस्या समाधानका लागि भएका पहलहरु र युवाहरुको धारणालाई अब राष्ट्रियस्तरको छलफलमा लिएर बहसको विषय बनाइनेछ । त्याँहाबाट पनि मुख्य प्राथमिकताका विषयहरुलाई अन्तराष्ट्रियस्तरमै लिने ताम्राकारको भनाई छ ।

 

युवा संस्थाले गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र यस्ता कार्यक्रमको निरन्तरताले पछिल्लो पिँढीका युवाहरुमा नेतृत्वदायी भूमिकाको विकास हुने कार्यक्रममा सहभागी सप्तरीकी अर्चना परियारले प्रतिक्रिया दिनु भयो । युवाहरुलाइ जागरुक बनाउनुका साथै सम्बन्धीत निकायलाई प्रश्न सोध्न सक्ने क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम उपलब्धीमुलक भएको छलफलमै सहभागी वीरगञ्जका दिपु वर्णवालले बताउनु भयो ।

 

अरुले गर्ने कार्यक्रमहरुमा महिला तथा पुरुष मात्रै सहभागी हुने गरेपनि यो कार्यक्रममा खुलेरै यौनीक तथा लैङ्गिक अल्पसङ्ख्यकको समेत उपस्थिती हुनुले पनि केही हदसम्म परिवर्तन भएको आभाष युवा संस्थाका आँशु कुमार सर्राफले गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.