logo

सशस्त्र प्रहरी मधेश मुख्यालय द्वारा बीरगंज उधोग बाणिज्य संघ सम्मानित

 इसीमाना सम्वाददाता     २०७८ माघ १९ गते ०६: २९ मा प्रकाशित     656   पटक पढिएको

सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई संस्थागत सम्मान प्रदान  गरेको छ ।

 


संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा.सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको सङ्घका पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी सहितको एक टोलीको सहभागितामा बाहिनीपति शस्त्र प्रहरी नायब महानिरिक्षक गणेशबहादुर ठाडा मगरले सम्मान पत्र प्रदान गर्नु भएको हो ।

 

सोही क्रममा सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाण्डौंमा हालै सम्पन्न २१ औ सशस्त्र प्रहरी दिवसको अवसरमा छिन्नमस्ता वाहिनीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट वाहिनीको अवार्ड प्राप्त गरेकोमा वाहिनी प्रमुख सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेशबहादुर ठाडा मगरलाई बसंघले पनि बधाई ज्ञापन गरेको थियो ।

 

सो अवसरमा सङ्घका अध्यक्ष डा। गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्जपथलैया औद्योगिक कोरिडोरको हालको अवस्था बारे अवगत गराउँदै विगतमा औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रुपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाई राख्नु उतकृष्ट काम गरि रहेको र अहिले सरकारले उक्त टास्क फोर्सलाई हटाइएको र हटाएको टास्क

फोस्सलाई पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरताका लागि डिआईजी ठाडा मगरको ध्यानाकर्षण गराउनु भएको थियो ।
नायब महानिरिक्षकले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु आफु तत्पर रहेको बताउनु भएको थियो भने, टास्क फोर्स पुनः गठनका लागि आवश्यक सल्लाह सुझाव हेतु मधेश प्रदेश छिन्नमस्ता वाहिनी सदैव साथमा रहने बताउनु भएको थियो ।


भ्रमण टोलीमा सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, अशोककुमार बैध, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष द्वय हरि गौतम, माधव राजपाल सङ्घका सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेम चन्द्र गोयलको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.