logo

नेपाल बिद्यार्थीको संघको सवाल, २० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन ?

 इसीमाना सम्वाददाता     २०७८ माघ ७ गते ०७: २० मा प्रकाशित     765   पटक पढिएको

२० वर्ष देखी एउटै क्याम्पस प्रमुख किन भन्दै नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादव बिरुद्ध आन्दोलनको मोर्चा कसेको छ ।

 

बीरगंजमा सामुदायीक क्याम्पसको रुपमा संचालीत हरि खेतान बहुमुखी क्याम्पसमा लामो समय देखी नै डा.यादव क्याम्पस प्रमुखको रुपमा रहदै आएका छन । सामुदायिक क्याम्पस भएकै कारण  त्रिभुवन बिश्व बिद्यालय अनुदान आयोगले समेत क्याम्पसलाई अनुदान उपलब्ध गराउदै आएको छ। नेपाल बिद्यार्थी संघले त्यसको खर्च समेत सार्वजनीक गर्न माँग गरेको छ ।

 

आफना माँगहरुको बारेमा क्याम्पस प्रशासनले सुनवाई गरोस भन्दै ईकाई  सभापति मनोज कुमार साहको नेतृत्वमा शुक्रवार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिएका छन्।

माघ ९ गते आइतवार सञ्चालक समितिका  सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक सन्देश पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका ईकाई अध्यक्ष साहले बताए ।

यस्तै, संघले कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षौ बर्षौदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि उनीहरुले  प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको  माग राखेको छ ।


संघले क्याम्पसलाई सामुदायिक क्याम्पसको रुपमा संचालन गर्न समेत माँग गरेको छ । संघले बिद्यार्थीलाई छात्रबृति दिन, कक्षा संचालन नगरि लिएको शुल्क फिर्ता गर्न ,बित्रभूव बिश्वबिद्यालयको जस्तो शुल्क निर्धारण गर्न २० वर्ष देखीको आयाब्यय सार्वजनीक गर्न माँग गरेको छ । 
 धर्नामा संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,दिना गुप्ता, बिटु पटेल,राहुल ठाकुर,सुधन्सु चौरसिया,राहुल चौरसिया सहभागी थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.