logo

चार सय भारतीय नागरिक ठाराब क्याम्पसकोे क्वारेन्टाइनमा

      4/1/2020 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

बीरगंज १९ चैत । 
 वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनमा लगेर राखेको हो । लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल तथा अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपि आ–आफ्नो गन्तव्यतर्फ जान लागेका अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले म‌ंगलबार राती पक्राउ गरेको थियो।

४ सयजति भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो ।

लक डाउनको बेला अलपत्र परेकाहरुको व्यवस्थापन जहाँ भेटिएका छन् त्यही देशले गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा भारतीयहरुलाई क्याम्पसमा पु¥याइएको बताइएको छ ।

केही दिनअघि ठाकुरराम क्याम्पस प्रशासनले आवश्यक परेमा क्याम्पसलाई कोरना नियन्त्रणका संरचना बनाउन दिने सूचना गरेको थियो ।

दुबै सरकारकावीचमा सीमा नाघेर मुलुक फर्किन चाहने नागरिकलाई आ आफनै क्षेत्रमा राख्ने सहमती भएअनुरुप उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा अस्थायी क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा रहेका भारतीयले आफूहरुकोलाग शौचालयको ब्यवस्था नभएको गुनासो गरेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.