logo

प्याब्सन पर्साको अध्यक्षमा पुरन प्रधान  निर्विरोध निर्वाचित

 इसीमाना सम्वाददाता     २०७८ पौष ३ गते ०७: ३४ मा प्रकाशित     776   पटक पढिएको

प्याब्सन पर्साको शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरन प्रधान सर्वसम्मत रुपमा चयन भएका छन । 

बीरगंजको होटेल भिषूवामा सम्पन्न अधिवेसनको बन्द सत्रले अध्यक्षमा प्रधान  वरिष्ठ उपाध्यक्षमा सरोज प्रसाद चौधरी, उपाध्यक्षमा शिव गुप्ता, सचिवमा राहुल श्रीवास्तव, कोषाध्यक्षमा सुशीला साह, सह सचिवमा विरेन्द्र यादव, सह कोषाध्यक्षमा रामकिशोर यादवलाई निर्विरोध चयन गरेको छ । यसैगरी, सदस्यमा परिक्षा पिया लामा, राजेन्द्र चौधरी, मार्टिन मोक्तान, जेपी चौरसिया, सन्तोष कुमार, विश्वराज घिमिरे, सुरेश पन्त र सुदिल कुमार पनि निर्विरोध रुपमा चयन भएका छन् । 


निर्विरोध चयन भएका नव गठित कार्यसमितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त मणि पाख्रिनले शनिवारै नै शपथ पनि खुवाएका छन् । 


यसअघि, प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनको नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । प्याब्सन पर्साका निवर्तमान अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा सम्पन्न १५ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा, निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सभासद करिमा बेगम, बीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, चण्डी प्रसाद गण बीरगन्जका प्रमुख सेनानी मनोज कार्की, प्याब्सनका केन्द्रिय सदस्य प्रकाश उपाध्याय, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, प्रहरी उपरीक्षक रमेश बस्नेत, अभिभावक संघका अध्यक्ष अमर गौतम, पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, नेपाली काँग्रेस जिल्ला सचिव श्याम पटेल, नेकपा एकिकृत समाजवादी पार्टीका शंकर कर्ण प्याब्सनका सल्लाहकारहरु, संस्था आवद्ध विद्यालयका संस्थापक तथा प्रिन्सिप, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.