logo

कुच्चो लिएर मन्दीर सफाईमा उत्रे प्रदेश सभा सदस्य कलवार 

      7/21/2018 गते 00 00 मा प्रकाशित     1579   पटक पढिएको

बीरगंज ५ साउन
समाज विकास समन्वय समितिले बीरगज महानगरपालिकाको वडा नंं १३ मा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई अभियानको समुदघाटन प्रदेश सभा सदस्य,  सिहासन साह कलवारले राधेमाई मन्दिरको पारङ्गमा कुच्चोु लागाएर गरेका थिए ।  

कार्यक्रम संयुक्त राष्ट्र संङ्घीय विकास कार्यक्रमको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत  सदभावयूक्त समाजकालागि युवाको सहभागीता परियोजना अन्र्तगत संचालन भएको थियो ।

 

सरसफाई कार्यक्रममा ४० जना युवा स्वयम् सेवक, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका प्रशासकीय अधिकृत उदय राज शर्मा, बिमनपा १३ का वडा सदस्य, राजकुमार कुशवाहा, राधेमाई मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हिरा गिरी, कोषाध्यक्ष हजारी साह तेली, सदस्य राजकपुर चौधरी, नेपाल रेडक्रस सोसाइटी, महिला उपशाखा, राधेमाईका सदस्य मंजु चालिसे, सामाजिक अभियन्ता निर्मला भण्डारी तथा समाज विकास समन्वय समितिका पदाधिकारीहरु लगायत  ६० जनाको सहभागिता रहेको थियो ।  

 


प्रदेश सभा सदस्य  सिहासन साह कलवारले स्वयसेवा तथा युवाहरुको परिचालनले देशको विकास गर्न सकिने र समाज परिवर्तनकालागी युवाको भुमिका अहंम हुने तथा सार्वजनिक सम्पतीहरुको संरक्षण र सरसफाई गर्नु हाम्रो दायित्व हो भन्ने उदेश्यले आफै सरसफाई अभियानको अगुवाई गरेका हुन । 

 


वडा सदस्य राज कुमार कुशवाहाले सामाजिक संस्था तथा स्वयं  सेवकहरुको सहकार्यले वडामा उदाहरणीय काम गरेर जनताको आकाक्षा पुर्र्ती गर्न सकिने तथा युवाहूरुको स्वयसेवी भावनाका कारणले आम नागरिकको सजिलै संग स्थानीय तहबाट प्राप्त हुने सेवाहरुमा वृद्ध हुने धारणा ब्यक्त गरे । 

 


सरसफाई अभियानमा जुटेका अन्य सरसफाई अभियन्ताहरुले मन्दिर जस्तो पवित्र स्थललाई सरसफाई गरेकोमा आत्म सन्तुष्टी महशुस गर्दै अगामी दिनहरुमा पनि आफुहरुले यस्ता सामाजिक कार्य योगदान दिने साथै मन्दिर परिसरमा आउने अन्य दर्शनार्थीहरु समेतले कार्यक्रमको प्रशंसा गरेको जानकारी युवा सुचना केन्द्रका सदस्य शिलु गौतमले दिइन । 


परियोजना अन्र्तगत गठित युवा नेटवर्कका संयोजक लालबाबु कुशवाहाले  बिरगज महानगरपालिकाको चार वटा वडाका कार्यालय लाई सहयोग गर्दै आइरहेको तथा स्थानीय सरकारको जुन सुकै क्षेत्रमा युवा स्वय स्ेवक आवश्यकता भएको बेलामा  युवा स्वय सेवकले निःशुल्क सहयोग गर्ने कुराको जानकारी गराए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.