logo

युवा वचनको अयोजनामा सात महिला सहित एक सय सात जनाद्वारा रक्तदान 

      7/21/2018 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

बीरगंज ५ साउन
बीरगंज आदर्शनगरका १८/१९  बर्षका युवाहरुको एक समूह युवा वचनको आयोजनामा आदर्शनगर चौकमा शनीवार खुल्ला रक्तदानममा ७ महिला सहित १०७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

 


रक्तदान कार्यक्रममा बीरगंजका महानगरप्रमुख  बिजय सरावगीले भर्खरको युवावय उमेर रहेका युवाहरुले   ब्यवस्थित ढंगले आयोजना गरेको रक्तदान कार्यक्रम अनुकरणीय रहेको बताए ।

 

रक्तदान जस्तो महान कार्यमा हाम्रो पर्सा जिल्लाका युवाहरुको सहभागिता  निकै खुशीको खबर रहेको भन्दै सबैमा शुभकामना ब्यक्त गरे ।

 

 कार्यक्रममा  प्रहरी उपरीक्षक रेवती ढकाल, रेडक्र्सका सभापति फुलमहम्मद मिया, पत्रकार महासघका अध्यक्ष श्याम बन्जारा, नेपाल नेत्र ज्योति सघका महासचिव श्यामकुमार पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुली, अमर गौतम, उपसभापति मधु राणा, कमल चौगाइ, अरबिन्द सिंह, प्रबिण मानन्धरले, प्रहरी निरीक्षक निशान थापा, पत्रकार महासंघका सचिव युवराज खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।  


१०७ जना रक्तदाताहरुको रक्तदाता नम्बर मध्ये ३ जना उत्कृष्ट रक्तदाताहरु घोषणा भएको थियो । जसमा मन्जु सिलवाल, जुनेद अलि, सम्सुदिन अन्सारी उत्कृष्ट घोषीत भएका थिए ।

 

, रक्तदाताहरुको नम्बर बाकसमा राखी अध्यक्ष पीयूष कादमिया, प्रहरी उपरिक्षक रेवती ढकाल, फुलमहम्मद मिया, अरबिन्द सिंह, प्रबिण मानन्धर, ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानको रोहबरामा उक्त नाम बाकसबाट गोला प्रथाद्वारा निकालिएको थियो ।


उत्कृष्ट हुने ततीन जनालाइ पुरस्कर एव मायाको चिनो प्रदान  गरिएको थियो ।  कार्यक्रममा रक्तसञ्चार केन्द्रबाट प्रबिण मानन्धरको टोलि एवं ब्लड डोनर्स एसोसिएसनका शिवजी गुप्ता, उमेश गुप्ता, प्रभाकर गुप्ता, नरेन्द्र शाह्को टोलीले प्राबिधिक सहयोग गरेका थिए साथै युवा वचनका टोलीले उल्लेखनीय भुमिका निर्वाह गरेका थिए ।

 

 उक्त कार्यक्रमको सहजीकरण रेडक्र्स पर्साका सहायक तथा समाजसेवी राजन श्रीवास्तवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.