logo

क्रमवद्ध रुपमा वालवालिकाको हत्या अभिभावकमा चिन्ता र आक्रोश

      7/17/2018 गते 00 00 मा प्रकाशित     1077   पटक पढिएको


बीरगंज २ साउन  ।
आयुषलाल साह तेलीको हत्याको घटनाले नागरिकलाई आक्रोशीत बनाइरहेको बेलामा फेरी एक १६ वर्षिया वालिकाको शव फेला परेको छ ।

 

जगरनाथपुर गाउँपालिकाको वडा न ं४ सुपुर निवासी सुनशोकीया  कुमारीको शव गाउँ नजिकै रहेको गन्गोल नदी किनारमा फेला परेको हो  । उनको शव सोमवार फेला बिहान फेला परेको हो ।

 


भारतको पश्चिम चम्पारण जिल्ला पिपरिया स्थायी भर घएकी सुनकोशीया कुमारी बिगत अढाई वर्ष देखी आफनै सानीमाको  घरमा बस्दै आएकी थिइन । सुनकोशीको गन्गोल नदीमा तिरमा शव फेला परेको इलाका प्रहरी कार्याल पोखरियाका प्रहरी निरिक्षक सुभाष बुढाथोकीले जानकारी दिए । 

 


प्रहरीले सुनकोशियाकुमारीको सानी आमा सानो बुवा सहित ६ जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिहरेको इन्सपेक्टर बुढाथोकीले बताए ।


पर्सामा बितेको २१ महिनाको अवधीमा चार वालवालिकाको हत्या भएको छ । हत्याकाण्डाका दोषीहरु भने कानूनको दायरमा आएका छैनन । दोषीहरु पत्ता नलागेका कारण प्रहरीको सक्षमता माथि प्रश्न उठाउदै आक्रोश ब्यक्त गर्न थालिएको छ । 


०७३ असोज २९ गते बहुदरामाई नगरपालिकाका ८ का बिनोद पटेलका ८ अर्षिय छोरा राजन पटेलको हत्या भएको थियो । उनको बीरगंज चीनीमीलको आवास क्षेत्र पछाडी  रहेको पोखरिमा शव फेला परेको थियो । अन्यत्र हत्या गरेर राजनलाई त्याहा फालिएको घटनाको प्रकृतिले देखाएको थियो । राजन पटेल हत्याकाण्डको गुथ्थी अहिले सम्म सुल्झेको छैन ।

 


यसैगरि ०७४ मंसीर १६ गते सोही नगरपािलकाको वडा नं २ निवासी संजय साहका छोरा १० वर्षिय छोरा सुनील साहको अपहरण भएपछि हत्या भएको थियो ।

 

०७५ असार ३१ गते संजयका सहोदर भाई  शिवजी साहको ६ वर्षिय छोरा आयुसला साह तेलीको हत्या भएको छ । वालकको हत्या गरि पोखरिको डिलमा फ्याकेको अवस्थामा शव फेला पर्नुले चिन्ता बढाएको छ । तीनबटै हत्याको प्रकृतिा हेर्दा पोखरिको उपयोग देखिएको छ ।

 

यि तीनबटै घटनाको अनुसन्धानमा प्रहरीले सफलता हासिल गर्न सकको छैन । पीीडत परिवारले हत्याराहरु कानूनको दायरामा नआउनुलाई गम्भिरता पूर्वक लिएका छन ।

प्रहरी प्रति आश र बिश्वास दुबै थियो तर प्रहरीको सम्बेदनशीलता देखिएन त्यसले निराश बनाएको छ भन्छन राजन पटेलका काका बृजकिशोर पटेल  । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.