logo

शिक्षक फिर्ता गर्ने गाउँपालिकाको निर्णय, अध्यापन अस्तब्यस्त बनाएको प्रधानाध्यापको आरोप

      7/17/2018 गते 00 00 मा प्रकाशित     1186   पटक पढिएको

बीरगंज १ साउन । 
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिद्यालयमा फेरी विवाद सृजना भएको छ ।

 

बिद्यालयमा रिक्त रहेको शिक्षकहरुको पदपुर्ती हुन नसके पनि कालिकामाई गाउपालिकाको कार्यपालिकाको बैठकले सरुवा गराएर आएका शिक्षकलाई पुन फिर्ता गराउने परपन्च गरी निर्णय गरेको छ ।

 

हाजिर भई पठनपाठन गराईरहेको शिक्षक उमेश पटेललाई सो बिद्यालयबाट पुन फिर्ता गराउने गरी कालिकामाई गाउपालिकाको असार १६ गतेको बैठकले निर्णय गरी बिवाद सृजना गरेको हो ।

 

गाउँपालिका प्रमुख नथुनी कुशवाहाले  शिक्षक उमेश पटेललाई बिद्यालयमा ल्याउनकालागि पहिलो पटक बिद्यालयका प्रधानाध्यापकलाई कुरा गरेका थिए । तर प्रधानाध्यापकले बिद्यालयमा गणीत बिषयको शिक्षक अभाव नभएको भन्दै अन्य बिषयको शिक्षक चाहिने भन्दै अध्यक्षको प्रस्ताव अस्वीकार गरेका थिए ।

 

तर पछिल्लो पटह तिनै प्राधानाध्यापकको पहलमा गाउँपालिका अध्यक्षले ल्याउन प्रास्ताव गरेका शिक्षक उमेश पटेललाइ हाजिर गराएपछि यो बिषयले विावदको रुप लिएको हो ।

 

यद्धपी पटेलको अध्यापन शैलीबाट  बिद्यार्थीहरु उत्सहित रहेको कक्षा १० का छात्र आकाश चौरसियाले बताएका छन । शिक्षकलाई अबिलम्ब फिर्ता गराउने गरी गाउपालिकाको कार्यालयले श्री सुकई साह माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामबालक चौरसियालाई पटक पटक परिपत्र गरेको छ ।

 

प्रधानाध्यापकको निर्णय प्रक्रियामा रहेको आलोकाचोपनका कारण समस्या उत्पन्न भएको गाउँपालिकाको बुझाई छ । तर गाउँपालिकाको निर्णयले पठन पाठन अस्तब्यस्त बनाएको  आरोप  प्रधानाध्यापक रामबालक चौरसियाले लगाएका छन । शिक्षक अभाव हुदा शिक्षक पदपुर्ती गराउन बिद्यार्थीहरुद्धारा पटक पटक बिद्यालय बन्द भएको थियो ।

 

बिद्यालय परिसरमा कालिकामाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडाअध्यक्ष सोनालाल चौरसिया,शिक्षा कार्यालयका प्रतिनिधि छोटेलाल साह, शिक्षकहरु र बिधार्थीहरुबीच  भएको सम्झौता अनुसार एक हप्ता भित्रमा शिक्षक पदपुर्ती गर्ने सहमती भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.