logo

 गुणस्तरहिन सडक भत्काईदिन पोखरियाका नगरप्रमुख रौनियारको नागरिकसंग आग्रह

      7/16/2018 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

पोखरिया,३२  आषार ।   पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियारले उपभोक्ता वा ठेकेदारले बनाएको कुनैपनी सडक वा नाला गुणस्तरहीन भए भत्काईदिन नागरिकसंग आग्रह गरेका छन् ।

 

सहयोगी नेपाल पर्साको आयोजना तथा पोखरीया नगरपालिकाको सहयोगमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मेयर रौनियारले विकासको कुनैपनी काममा सम्झौता नगर्ने भन्दै जनताको शासनमा गुनस्तरहीन काम गर्ने कोहिपनी ठकेदार वा उपभोक्ता समिति नगरपालिकाको कार्वाहीबाट पन्छीन नसक्ने बताएका थिए ।

 

नगरपालिकाले ५ वर्षे योजनामा १० वटै वडालाई विकास निर्माणको पहुचमा पुर्याउने, स्तरीय सडक, नाला, धारो बनाउने  योजना लिएर आफूहरु अगाडी बढिरहेकाले निर्माण भईरहेको कामहरुमा स्थानीयहरुले जवाफदेहिताको भुमिका निर्वाह गरिदिन  उनले निवेदन गरेका थिए । 

 

पर्साको पोखरीया नगरपालिका वडा ८ स्थित नेरा प्रावि जगतपुर मननपुरमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुबाट उठेको प्रश्नको जवाफदिदैँ मेयर रौनियारले नगरपालिकाबाट दिदैँ आएको कुनैपनी सेवा सुविधाका लागी कोही कसैको सिफारिस वा अतिरिक्त शुल्क बुझाउनु नपर्ने बताएका थिए ।

 

कार्यक्रममा उप मेयर सल्मा खातुनले जनताले चुनेका जनप्रतिनिधि गैरजिम्मेवार कहिल्य नहुने धारणा राखेकि थिईन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, महिला तथा बालबालिकाको लागी दिर्घकालिन योजनाहरु अगाडि बढाईरहेकाले तुरुन्तै सबै ठाऊँमा सेवा नपाएको भन्दैमा स्थानीयहरुलाई निरास नहुन आग्रह गरेकी थिईन् ।

 

स्थानीय निकायमा जनप्रतिनिधि आउने वितिकै सबैक्षेत्रको नक्सांकन गरी क्षेत्रगत रुपमा नगरपालिकाले योजनाहरु अगाडिबढाईरहेकाले जनप्रतिनिधिको काम कार्वाहीमा हातेमालो गर्न आग्रह गरेकी थिईन्् ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहले स्थानीयहरुसंग कर्मचारीहरुले अतिरिक्त शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले यस्ता गलत प्रवितिलाई  निरुत्साहित गर्ने प्रतिवद्धता जनाएका थिए ।  यसका लागी सेवाग्राहिले ठोस सबुतका साथ प्रस्तुत भए त्यस्ता भ्रष्ट्रचारीहरुलाई कार्वाही गर्ने समेतको प्रतिबद्धता जनाएका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछानेले सर्वाजनिक सुनवाई जनप्रतिनिधिहरुलाई गुनासो गर्ने उपयुक्त अवसर भएकाले यस्ता अवसरहरुमा नगरपालिकाले गरिरहेको काम कार्वाहीमा खुलेर जवाफदेहिताको भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । संघियताकै लागी देशमा थुप्रै बलिदानी भएकाले यस सुन्दर पक्षको उपयोग गर्न स्थानीयवासीसंग अनुरोध गरेका थिए ।

 

कार्यक्रममा सहयोगी नेपाल संस्थाका अध्यक्ष तबरेज अहमदले नागरिक प्रतिवेदन तथा बहिरिगमन अभिमत प्रस्तुत गरेका थिए । पोखरीया नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्री किशोरी साह तेलीको सभापतित्वमा समपन्न भएको कायृक्रममा वडा सदस्य इब्राहिम मियाँ, शिन्हासन मुखिया बिन। स्थानीय अगुवा बच्चा साहल तेलीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.