logo

 गुणस्तरहिन सडक भत्काईदिन पोखरियाका नगरप्रमुख रौनियारको नागरिकसंग आग्रह

      7/16/2018 गते 00 00 मा प्रकाशित     1208   पटक पढिएको

पोखरिया,३२  आषार ।   पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियारले उपभोक्ता वा ठेकेदारले बनाएको कुनैपनी सडक वा नाला गुणस्तरहीन भए भत्काईदिन नागरिकसंग आग्रह गरेका छन् ।

 

सहयोगी नेपाल पर्साको आयोजना तथा पोखरीया नगरपालिकाको सहयोगमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मेयर रौनियारले विकासको कुनैपनी काममा सम्झौता नगर्ने भन्दै जनताको शासनमा गुनस्तरहीन काम गर्ने कोहिपनी ठकेदार वा उपभोक्ता समिति नगरपालिकाको कार्वाहीबाट पन्छीन नसक्ने बताएका थिए ।

 

नगरपालिकाले ५ वर्षे योजनामा १० वटै वडालाई विकास निर्माणको पहुचमा पुर्याउने, स्तरीय सडक, नाला, धारो बनाउने  योजना लिएर आफूहरु अगाडी बढिरहेकाले निर्माण भईरहेको कामहरुमा स्थानीयहरुले जवाफदेहिताको भुमिका निर्वाह गरिदिन  उनले निवेदन गरेका थिए । 

 

पर्साको पोखरीया नगरपालिका वडा ८ स्थित नेरा प्रावि जगतपुर मननपुरमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुबाट उठेको प्रश्नको जवाफदिदैँ मेयर रौनियारले नगरपालिकाबाट दिदैँ आएको कुनैपनी सेवा सुविधाका लागी कोही कसैको सिफारिस वा अतिरिक्त शुल्क बुझाउनु नपर्ने बताएका थिए ।

 

कार्यक्रममा उप मेयर सल्मा खातुनले जनताले चुनेका जनप्रतिनिधि गैरजिम्मेवार कहिल्य नहुने धारणा राखेकि थिईन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, महिला तथा बालबालिकाको लागी दिर्घकालिन योजनाहरु अगाडि बढाईरहेकाले तुरुन्तै सबै ठाऊँमा सेवा नपाएको भन्दैमा स्थानीयहरुलाई निरास नहुन आग्रह गरेकी थिईन् ।

 

स्थानीय निकायमा जनप्रतिनिधि आउने वितिकै सबैक्षेत्रको नक्सांकन गरी क्षेत्रगत रुपमा नगरपालिकाले योजनाहरु अगाडिबढाईरहेकाले जनप्रतिनिधिको काम कार्वाहीमा हातेमालो गर्न आग्रह गरेकी थिईन्् ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहले स्थानीयहरुसंग कर्मचारीहरुले अतिरिक्त शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले यस्ता गलत प्रवितिलाई  निरुत्साहित गर्ने प्रतिवद्धता जनाएका थिए ।  यसका लागी सेवाग्राहिले ठोस सबुतका साथ प्रस्तुत भए त्यस्ता भ्रष्ट्रचारीहरुलाई कार्वाही गर्ने समेतको प्रतिबद्धता जनाएका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछानेले सर्वाजनिक सुनवाई जनप्रतिनिधिहरुलाई गुनासो गर्ने उपयुक्त अवसर भएकाले यस्ता अवसरहरुमा नगरपालिकाले गरिरहेको काम कार्वाहीमा खुलेर जवाफदेहिताको भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । संघियताकै लागी देशमा थुप्रै बलिदानी भएकाले यस सुन्दर पक्षको उपयोग गर्न स्थानीयवासीसंग अनुरोध गरेका थिए ।

 

कार्यक्रममा सहयोगी नेपाल संस्थाका अध्यक्ष तबरेज अहमदले नागरिक प्रतिवेदन तथा बहिरिगमन अभिमत प्रस्तुत गरेका थिए । पोखरीया नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्री किशोरी साह तेलीको सभापतित्वमा समपन्न भएको कायृक्रममा वडा सदस्य इब्राहिम मियाँ, शिन्हासन मुखिया बिन। स्थानीय अगुवा बच्चा साहल तेलीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.