logo

युवा परिचालनकालागी स्वंय सेवा सम्बन्धी तालिम सम्पन्न

      7/14/2018 गते 00 00 मा प्रकाशित     1515   पटक पढिएको

बीरगंज ३० असार । 
युवा परिचालनकालागी स्वंयसेवा सम्बन्धी तालिम शनीवार बीरगंजमा सम्पन्न भएको छ । तालिमको समापन पछि स्वयंसेवालाई ब्यवस्थित गर्नुका साथै स्वयंसेवा संस्कृतिको बिकासमा टेवा पु¥याउन एउटा समिति निर्माण भएको छ ।

लालबाबु कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय समिति बनेको समाज बिकास समन्वय समितिका कार्यक्रम संयोजक जय नारायण चौधरी जानकारी दिए । 

 


संयुक्त राष्ट्र संङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा र समाज विकास समन्वय समितिको सहजीकरणमा तालिम सम्पन्न भएको हो । युएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत विभिन्न माध्यमिक विद्यालय, गैरसरकारी संघ संस्थाका  ३८ जना युवाहरुको तालिममा सक्रिय सहभागिता रहेको थियो । 

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको तालिममा युनिसेफ प्रदेश २ का बालसंरक्षण अधिकृत बृजकिशोर पटेलले स्वयंसेवाको अवधारणाको बारेमा प्रशिक्षण दिएका थिए ।

 

युवाहरुको स्वयसेवी भावनाका कारण आम नागरिकले निकै नै सहयोग पाउने वतावरण बन्ने पटेलले बताए । सेवाको भाव मनमा रहनु पर्नेमा जोड दिदै मानवता नै सेवाको प्रस्थान बिन्दु भएको बताए ।

 

समाज विकास समन्वय समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा संचालन गरिएको तालिममा संस्थाका सहयोगी निर्मला भण्डारील स्वंयसेवा सम्बन्धी कार्यहरुमा युवाहरुको सहभागीता बृद्धि गर्ने तथा स्वय सेवामा संलग्न अभियन्ताहरुले समाजबाट मान सम्मान पाउदै आफनो व्यक्तिगत जीवनमा सकारात्मक परिणम हासिल गर्न बताइन ।  


इन्द्रेणी एफएमका समाचारप्रमुख  उज्जवल शर्माले स्वयसेवा  व्यक्तिको भित्रै मनबाट आउने बताए । उनले समाज परिवर्तनमालागि स्वयसेवीहरुनै अग्रसर हुनु पर्नेमा जोड दिए ।


मावन अधिकार कर्र्मी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आफूले गरेको स्वय सेवाका उदाहरणीय कार्यहरु प्रस्तुत गरेर सहभागीहरुलाई उत्पेरित गर्नुको साथै स्वंय सेवा कार्यमा भोगेका चुुनौती तथा समस्याका बारेमा प्रकाश पारेका थिए  ।


उक्त कार्यक्रममा सहभागी युवाहरुले आगामी दिनकाकालागि  सरसफाई, सामाजिक विकृती कम गर्नका लागी अभियानहरु संचालन गर्ने ,गुणस्तरीय शिक्षाकालागि अभियान चलाउने   स्थानीय सरकार तथा पालिका कार्यालयलाई सहयोग गर्ने जस्ता स्वंय सेवाका कार्य गर्ने कार्य योजना बनाई कार्यान्वयन गर्र्ने प्रतिवद्धता जाहेर गरेको जयनारायण चौधरीले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.