logo

बीरगंजमा भानुको सम्झना उनका सृजना अग्रगामी भएको बिचार ब्यक्त 

      7/13/2018 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

बीरगंज २९ असार । 
२०५ औ भानु जयन्ती बीरगंजमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । लक्ष्मी साहित्य समाजले हरेक वर्ष झै यस वर्ष पनि भानु जयन्तीको अवसरमा झाँकी सहितको प्रभात फेरी ग¥यो । बीरगंजको घण्टाघरबाट शुरु भएको प्रभात फेरी हेटेल मकालुमा पुगेर सभामा परिणत भएको थियो । 

 


घण्टाघरबाट निस्केको प्रभात फेरीमा पर्साका साहित्य अनुरागी ,सर्जक , स्राष्टाहरु ,प्रशासनीक नियकायका प्रमुखहरु बिद्यालयका शिक्षक तथा छात्र छात्रा सामाजिक अभियान्ताहरु र संचारकर्मीको सहभागिता रहेको थियो ।


होटेल मकालुमा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र छात्राले आफना रचनाहरु वाचन गरेका थिए । उनीहरुले रचना मार्फत भानुभक्तले नेपाली भाषा साहित्यको श्रीबृद्धिमा गरेको योगदानको बिवेचना गरेका थिए । 


सीमापारि भारतीय भूमि दार्जलिङ्गमा बसेर नेपाली साहित्यको सेवा सर्मित स्रष्टा किशन प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म कुमार भूषाल बलराम श्रेष्ठ नेपाल पत्रकार  महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले भानुभक्त आचार्यकालानि नेपाली समाजको अवस्था त्यस बेलाको भाषा साहित्यको अवस्थाका सन्दर्भमा चर्चा गरेका थिए ।

 

कार्यक्रममा अचार्यले नेपालीमा उल्था गरेको रामायण,प्रश्नोत्तर ,बधुशिक्षा लगायत उनका अन्य सृजनाहरुको बिषयमा पनि चर्चा भएको थियो । भानुभक्तकालीन समयमा उनका सृजना  प्रगतीशिल र अग्रगामी भएको वक्ताहरुले बताए ।


लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रमलाई पत्रकार एवं कवियत्री मायामितु न्यौपानेले संचालन गरेकी थिइन । 
सोही कार्यक्रममा बीरगंजबाट प्रकाशीत हुदै आएको सर्व राष्ट्रीय दैनीकको चौथो वार्षिकोत्सव पनि मनाईएको थियो । सो अवसरमा प्रमुख अतिथिले केक काटेका थिए । 


कार्यक्रमलाई  गौतम मावि,मनोकामना मावि ,ओम अस्पताल लगायतले आयोजनामा सहयोग गरेका थिए । कार्यक्रममा बीरगंज महानगरपालिकाकी उपप्रमुख सुश्री शान्ति कार्की पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रपाणी पौडेल,सशस्त्रका प्रहरी उपरिक्षक प्रमेध्जव शाह,नेपाल अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम सािहत्यकार नन्द किशोर गोयल अनुपमा गौतम अरुण बिक्रम शाह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.