logo

बीरगंजमा भानुको सम्झना उनका सृजना अग्रगामी भएको बिचार ब्यक्त 

      7/13/2018 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

बीरगंज २९ असार । 
२०५ औ भानु जयन्ती बीरगंजमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । लक्ष्मी साहित्य समाजले हरेक वर्ष झै यस वर्ष पनि भानु जयन्तीको अवसरमा झाँकी सहितको प्रभात फेरी ग¥यो । बीरगंजको घण्टाघरबाट शुरु भएको प्रभात फेरी हेटेल मकालुमा पुगेर सभामा परिणत भएको थियो । 

 


घण्टाघरबाट निस्केको प्रभात फेरीमा पर्साका साहित्य अनुरागी ,सर्जक , स्राष्टाहरु ,प्रशासनीक नियकायका प्रमुखहरु बिद्यालयका शिक्षक तथा छात्र छात्रा सामाजिक अभियान्ताहरु र संचारकर्मीको सहभागिता रहेको थियो ।


होटेल मकालुमा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र छात्राले आफना रचनाहरु वाचन गरेका थिए । उनीहरुले रचना मार्फत भानुभक्तले नेपाली भाषा साहित्यको श्रीबृद्धिमा गरेको योगदानको बिवेचना गरेका थिए । 


सीमापारि भारतीय भूमि दार्जलिङ्गमा बसेर नेपाली साहित्यको सेवा सर्मित स्रष्टा किशन प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म कुमार भूषाल बलराम श्रेष्ठ नेपाल पत्रकार  महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले भानुभक्त आचार्यकालानि नेपाली समाजको अवस्था त्यस बेलाको भाषा साहित्यको अवस्थाका सन्दर्भमा चर्चा गरेका थिए ।

 

कार्यक्रममा अचार्यले नेपालीमा उल्था गरेको रामायण,प्रश्नोत्तर ,बधुशिक्षा लगायत उनका अन्य सृजनाहरुको बिषयमा पनि चर्चा भएको थियो । भानुभक्तकालीन समयमा उनका सृजना  प्रगतीशिल र अग्रगामी भएको वक्ताहरुले बताए ।


लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रमलाई पत्रकार एवं कवियत्री मायामितु न्यौपानेले संचालन गरेकी थिइन । 
सोही कार्यक्रममा बीरगंजबाट प्रकाशीत हुदै आएको सर्व राष्ट्रीय दैनीकको चौथो वार्षिकोत्सव पनि मनाईएको थियो । सो अवसरमा प्रमुख अतिथिले केक काटेका थिए । 


कार्यक्रमलाई  गौतम मावि,मनोकामना मावि ,ओम अस्पताल लगायतले आयोजनामा सहयोग गरेका थिए । कार्यक्रममा बीरगंज महानगरपालिकाकी उपप्रमुख सुश्री शान्ति कार्की पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रपाणी पौडेल,सशस्त्रका प्रहरी उपरिक्षक प्रमेध्जव शाह,नेपाल अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम सािहत्यकार नन्द किशोर गोयल अनुपमा गौतम अरुण बिक्रम शाह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.