logo

फेटाका लेखापाल अख्तियारको फन्दामा, लहरो तान्दा पहरो थर्कने

      7/13/2018 गते 00 00 मा प्रकाशित     2890   पटक पढिएको

बीरगंज २९ असार । 

बाराको फेटा गाउँपालिकाका लेखापाल सौरभ साह ३० हजार रुपैया घुस रकम सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको हो । 

 


सौरभको गिरफतारीले फेटा गाउँपालिकामा लहरो तान्दा पहरो थर्कने उखान चरितार्थ हुने भएको छ । लेखापाल साहले प्रमुख प्रशासकीय अधिकृत उमाशंकर चौधरी र गाउँपालिका प्रमुख अमिरि प्रसाद  कलवारको निर्देशनमा घुस रकम उठाउने गरेको बयान दिएको स्रोतले बताएको छ । 

 


गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले आफना नजिकका वडाध्यक्षको वडामा गएको बजेटको योजनाहरु अनुगमन र सुपरिवेक्षण बिना पनि भूक्तानी दिने गरेका थिए । यसरी भूक्तानी दिदा कमशीनको ब्यवस्थापन भने लेखापाल साहले गर्दै आइरहेका थिए । 

 


बिपक्षी वडाध्यक्षहरुको वडामा गएको  योजनाको अनुगमन सुपरिवेक्षण प्राविधिक परिक्षण सबै हुदा समेत भूक्तानी नदिने गरेको बताइएको छ । कमीशन बिना भूक्तानी नदिएर सास्ती दिने गरेको एक भूक्तभोगीले बताए । साहले ग्रामिण सचेतना केन्द्र संस्थासँग एच आई भि एडस सम्बन्धि लक्षित वर्गको कार्यक्रमको संचालन पछिको भुक्तानी दिदा ३० हजार कमशीन घुस मागेको त्यही रकम लिएको अवस्थामा साह रङ्गेहात  पक्राउ परेको अख्तियारको टोलिले जनाएको छ ।

 

साहका कारण सास्ती पाएका एक जनाले अख्तियारमा गुनासो गरेपछि अख्तियार पनि एक्सनमा आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका प्रहरी नायव उपरिक्षक दिनेश घिमिरेको नेतृत्वको टोलीले लेखापाल सौरभ साहलाई घुस रकम नगद ३० हजार सहित पक्राउ गरेको हो ।

 


साहले पुरानो मितिमा गाउपालिकाले कार्यक्रम दिईरहेको र कमिशन लिई चेक बनाईरहेको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको घिमिरेले बताएका छन ।
निजले गाउपालिकामा सञ्चालित लक्षित वर्गको कार्यक्रममा सँघ संस्थासँग कमिसन लिने गरेको स्रोतले जनाएको छ ।

 


महागढीमाई नगरपालिकामा कार्यरत रहदा समेत साहलाई अनियमितताको आरोप लागेको थियो । समाजको हितकोलागि केही गर्लान की भन्ने आश गरिएको एक जना युवा भ्रष्टाचारमा संलग्न भएको पाइनु चिन्ताजनक भएको एक स्थानीयले बताएका छन ।

 

आश गरिएका युवाहरु कुवाटोमा लाग्नु समाजका निम्ति दुःखद भएको ती स्थानीयको भनाइ छ । तर साहले भने आफूलाई फसाइएको बताएका छन । काम गरिरहेको अवस्थामा  एक जना अपरिचित व्यक्ति कार्यालयमा प्रवेश गरि पैसा फालेको र त्यो लगतै छापामार शैलिमा आफूलाई समातिएको लेखापल साहले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.