logo

फेटाका लेखापाल अख्तियारको फन्दामा, लहरो तान्दा पहरो थर्कने

      7/13/2018 गते 00 00 मा प्रकाशित     3040   पटक पढिएको

बीरगंज २९ असार । 

बाराको फेटा गाउँपालिकाका लेखापाल सौरभ साह ३० हजार रुपैया घुस रकम सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानको हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको हो । 

 


सौरभको गिरफतारीले फेटा गाउँपालिकामा लहरो तान्दा पहरो थर्कने उखान चरितार्थ हुने भएको छ । लेखापाल साहले प्रमुख प्रशासकीय अधिकृत उमाशंकर चौधरी र गाउँपालिका प्रमुख अमिरि प्रसाद  कलवारको निर्देशनमा घुस रकम उठाउने गरेको बयान दिएको स्रोतले बताएको छ । 

 


गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले आफना नजिकका वडाध्यक्षको वडामा गएको बजेटको योजनाहरु अनुगमन र सुपरिवेक्षण बिना पनि भूक्तानी दिने गरेका थिए । यसरी भूक्तानी दिदा कमशीनको ब्यवस्थापन भने लेखापाल साहले गर्दै आइरहेका थिए । 

 


बिपक्षी वडाध्यक्षहरुको वडामा गएको  योजनाको अनुगमन सुपरिवेक्षण प्राविधिक परिक्षण सबै हुदा समेत भूक्तानी नदिने गरेको बताइएको छ । कमीशन बिना भूक्तानी नदिएर सास्ती दिने गरेको एक भूक्तभोगीले बताए । साहले ग्रामिण सचेतना केन्द्र संस्थासँग एच आई भि एडस सम्बन्धि लक्षित वर्गको कार्यक्रमको संचालन पछिको भुक्तानी दिदा ३० हजार कमशीन घुस मागेको त्यही रकम लिएको अवस्थामा साह रङ्गेहात  पक्राउ परेको अख्तियारको टोलिले जनाएको छ ।

 

साहका कारण सास्ती पाएका एक जनाले अख्तियारमा गुनासो गरेपछि अख्तियार पनि एक्सनमा आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका प्रहरी नायव उपरिक्षक दिनेश घिमिरेको नेतृत्वको टोलीले लेखापाल सौरभ साहलाई घुस रकम नगद ३० हजार सहित पक्राउ गरेको हो ।

 


साहले पुरानो मितिमा गाउपालिकाले कार्यक्रम दिईरहेको र कमिशन लिई चेक बनाईरहेको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको घिमिरेले बताएका छन ।
निजले गाउपालिकामा सञ्चालित लक्षित वर्गको कार्यक्रममा सँघ संस्थासँग कमिसन लिने गरेको स्रोतले जनाएको छ ।

 


महागढीमाई नगरपालिकामा कार्यरत रहदा समेत साहलाई अनियमितताको आरोप लागेको थियो । समाजको हितकोलागि केही गर्लान की भन्ने आश गरिएको एक जना युवा भ्रष्टाचारमा संलग्न भएको पाइनु चिन्ताजनक भएको एक स्थानीयले बताएका छन ।

 

आश गरिएका युवाहरु कुवाटोमा लाग्नु समाजका निम्ति दुःखद भएको ती स्थानीयको भनाइ छ । तर साहले भने आफूलाई फसाइएको बताएका छन । काम गरिरहेको अवस्थामा  एक जना अपरिचित व्यक्ति कार्यालयमा प्रवेश गरि पैसा फालेको र त्यो लगतै छापामार शैलिमा आफूलाई समातिएको लेखापल साहले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.