logo

फागुनमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन आयोजना हुने

      २०७९ माघ २६ गते ०६: ०० मा प्रकाशित     1755   पटक पढिएको

काठमाण्डौ/ नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा आगामी २०७९ फाल्गुन ७ र ८ गते (तदनुसार सन् २०२३ फेब्रुअरी १९ र २०) मा युनिग्लोब एसएस/कलेज, कमलादीमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2023) हुँदैछ ।


नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय आविष्कार केन्द्र (NIC), नेपाल युवा परिषद् (NYC), युनेस्को-नेपाल , अनुसन्धान तथा विकास सोसाईटी नेपाल (RDS) र नेपाल विज्ञान शिक्षक समाज (STAN) सँगको सहकार्यमा आयोजना हुने उक्त सम्मेलनमा देशभरका कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरूले सम्मेलनमा भाग लिन सक्नेछन् ।


उक्त सम्मेलनमा युवा वैज्ञानिकहरुले पाँच विभिन्न विधाहरू मध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरि प्रतिस्पर्धा गर्न सक्नेछन्: १) इन्जिनियरिङ तथा रोबोटिक्स, २) जीव विज्ञान, ३) रसायन तथा पर्यावरण विज्ञान, ४) भौतिक विज्ञान, र ५) तथा गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत) । महिला र अपाङ्गता भएका युवा अनुसन्धानकर्ताहरूलाई उक्त शिखर सम्मेलनमा सहभागिताका लागि बिशेष प्रोत्साहन गरिन्छ l


हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्नेछन् । युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदक लागि छनोटको मुख्य मापदण्ड हुनेछ । यस सम्मेलनका बिजेताहरुलाई पाँच विभिन्न विधा प्रमाणपत्र र पदकसहित सम्मान गरिनेछ ।


साथै शीर्ष विजेताहरू सन् २०२३ नोवेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने "१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेमेलन" मा सहभागिताका लागि आवेदन दिन योग्य हुनेछन्।


साथै शिखर सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य अनुसन्धान तथा सहकार्यका अवसरहरू प्रदान गरिनेछ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.