logo

प्रमाण सहित पुष्टि गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई पर्सा कांग्रेसको चुनौती, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते १०: १० मा प्रकाशित     1374   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेस पर्साले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।


पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्ने गरि शुक्रवारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष  लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणा विरुद्व कारवाहीको मांग गर्दै  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 

नेपाली कांग्रेस पर्साले ज्ञापन मार्फत राप्रपा अध्यक्ष लिङ्देनलाई आफनो अभिब्यक्तिलाई प्रमाणका आधारमा पुष्टि गर्न समेत चुनौती दिएको छ । 


 चैत १५ गते राजावादीको आन्दोलनको नाममा जनताको धन लुट्ने पत्रकारको हत्या गर्ने घटनाका कारण जनताबाट तिरस्कृत हुनु परेको बेला षडयन्त्र गर्दै लिङ्देनले दिएको बक्तब्य प्रति माफी माग्नु पर्ने नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

 

कांग्रेस पर्साले लिङ्देनको गैरराजनीति प्रमाण बिनाको अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्रीको  प्रतिष्ठा माथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाही हुनुपर्ने मांग अघि सारेको छ ।


नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष राम नारायण कुर्मीको नेतृत्वमा गएको नेपाली कांग्रेस पर्साको टोलीले पर्साका प्रजिअलाई ज्ञापन बुझाएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.