logo

गृह जिल्लामा मंत्री रिजालको भब्य स्वागत ,जन्मथलोमा ८० किलोको माला

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०९: ०० मा प्रकाशित     846   पटक पढिएको

पर्सा । उधोग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्दता जाहेर गरेका छन ।

 


मन्त्री बनेपछी पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आइपुग्नु भएका मन्त्री रिजालले हरबखत आफुलाई मार्गदर्शन गर्न एव सचेत गराउन समेत जिल्लाबसीलाई आग्रह गरेका छन ।

गृह जिल्ला भ्रमणका क्रममा मन्त्री रिजाललाई सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको थियो । जिल्लाका नेपाली काग्रेस नेता, कार्यकर्ता तथा स्थानीयमा निकै उत्साह देखिएको थियो ।

 

४० बर्षको सक्रिय राजनीति पछि पहिलो पटक मन्त्री बन्नु भएका रिजालको स्वागतका लागि हजारौंको संख्यामा पर्साबासिको उपस्थिति रहेको थियो । तीन पटकको हार र चार पटकको जित पछि रिजाल अहिले मन्त्री बनेका हुन ।

पर्सा नेपाली कांग्रेस पार्टी सभापति जनार्दन सिंह क्षेत्रीले मन्त्री रिजाललाई पार्टी कार्यालयमा समेत आमन्त्रण गरि सम्मान गरे। मन्त्री रिजालले आफ्नो जन्म थलो जगरनाथपुर स्थित धर्मपुर गाउँमा क्रिकेट टुर्नामेन्टको उद्घाटन समेत गरे । उदघाटनको क्रममा यस क्षेत्रमा जनताले ८० किलोको माला लगाएर मन्त्री रिजालको सम्मान गरेका थिए ।


गृह जिल्ला भ्रमणका क्रममा बिभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने मन्त्री रिजालको कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.