logo

मधेशका जिल्लामा आजपाले तोक्यो कमाण्डरहरु, जसपाका रौतहट सचिव आजपामा प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ पौष १७ गते ०९: २९ मा प्रकाशित     240   पटक पढिएको

आम जनता पार्टीले आइतवार मधेश प्रदेशको ८ जिल्लाकै अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ । पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले आइतवार एक विज्ञप्ती जारी गर्दैै जिम्मेवारी तोकेको जनाएका हुन । पर्सा जिल्लामा सयोंजकमा कदम रसुललाई जिम्मेवारी दिएको छ भने सचिवमा विश्वराज पटेल र बाबुराम कौशिकलाई जिल्ला ईन्चार्ज तोकिएको छ ।

पार्टीको अन्तरीम विधान २०७९ बमोजिम मधेश प्रदेशको ८ जिल्लाकै जिम्मेवारी दिईएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

यसैगरी पार्टीले बारा जिल्लामा सयोंजक उमेश कुशवाहा, सचिवमा राजकिशोर साह र ईन्चार्जमा अशोक लामालाई जिम्मेवारी दिएको छ ।

त्यस्तै रौतहटतर्फ धर्मेन्द्र पटेलकको सयोंजकत्वमा, पलट चौधरी सचिव र जिल्ला ईन्चार्ज त्रिभुवन साह अमरले जिम्मेवारी सम्हाल्ने छन् ।

सर्लाहीमा भने तुल्सी प्रसाद हुमागाई सयोंजक, नविन साह जिल्ला सचिव र रिता देविलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

यसैबिच महोत्तरीमा सयोंजक विजय साह, सचिव प्रमोद महतो र ईन्चार्जमा राधेश्याम सााहलाई जिम्मेवारी पाएका छन् ।

पार्टीले धनुषा जिल्लामा बलदेव साहलाई सचिवतर्फ र श्रीलाल महासेठलाई भने जिल्ला सयोंजकका साथै ईन्चाजको समेत जिम्मा दिएको छ ।

यस्तै सिरहामा उदय साहलाई सयोंजक, धर्मेन्द्र महरा सचिव र जिल्ला ईन्चार्जमा बिल्टु यादवलाई जिम्मेवारी दिइएको छ ।

सप्तरीमा शिव कुमार महरा सयोंजकत्वमा, सुनिल राज दास सचिव र जिल्ला ईन्चार्जमा आर। डि।आजादलाई जिम्मा तोकिएकोे अध्यक्ष साहले बताए । जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

 

आइतबार आजपा अध्यक्ष प्रभु साहले आफ्नो निवासमा यादवलाई माला लगाई पार्टीमा प्रवेश गराएको प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका छन् । यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.