logo

पत्रकार क्रान्तिलाई धम्की दिने मेयर बिरुद्ध कारवाहीको माँग

 इसीमाना सम्वाददाता     २०७९ पौष १६ गते ०९: ३९ मा प्रकाशित     546   पटक पढिएको

अनलाइन खबरका धनुषा संवाददाता शैलेन्द्र महतो ‘क्रान्ति’लाई विदेह नगरपालिकाका मेयर बेचन दासले ज्यान मार्ने धम्की दिएका छन् ।

मधेश प्रदेशसभा सचिवालय परिसरमा शुक्रवार नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई मेयर दासले ज्यान मार्ने धम्की दिएका हुन् ।


विगतमा समाचार लेखेकै कारण मेयर दासले आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार क्रान्तिले बताए । धम्की दिएको कुरा सार्वजनिक भएपछि मेयर दासको आलोचना भइरहेको छ । प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका अधयक्ष किरण कार्ण र नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले अलग अलग प्रेस बिज्ञप्ति जारी गर्दै धम्कीको घटना प्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

 

उनीहरुले धम्की दिनेलाई कारवाहीको माँग समेत गरेका छन । पत्रकार क्रान्तिले भोली प्रहरीमा मेयर दासविरुद्ध उजुरी दिने तयारी गरेको बताइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.