logo

नौं बूंदे वीरगज घोषणा जारी गर्दै पत्रकार महासंघको अधिवेश सम्पन्न,प्रदेश ऐन राम्रो बनाउन भूमिका खेल्ने मुख्यमंत्री राउतको भनाई

 इसीमाना सम्वाददाता     २०७९ पौष ३ गते ०८: ५४ मा प्रकाशित     560   पटक पढिएको

प्रदेश संचार ऐनका पत्रकार बिरोधी प्रावधानहरु संशोधन र खारेजीको लागि संघर्षको नीति पास गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको तेश्रो प्रदेश अधिवेशन वीरगंजमा सकिएको छ ।


अभिवेशनले बिभिन्न नौं बुदे वीरगंज घोषणा जारी गरेको छ ।


मधेश प्रदेह सरकारले ल्याएको प्रदेश संचार ऐनमा आफना कार्यकर्ता भर्ती गर्ने नियतले मिडिया काउन्सिलको अध्यक्षको नियुक्तिको ब्यवस्था सम्बन्धि दफा ८ र आमसंचार प्राधिकरणको अध्यक्षको नियुक्ति सम्बन्धि ब्यवस्थाको दफा २९ लाई संशोधन गरेर मंत्रालयले स्पष्टीकरण सोध्ने र चित्त बुझदो जवाफ नदिए पदबाट अवकास दिने ब्यवस्था गरेकोमा महासंघ प्रदेश समितिले गम्भिर असहमती जनाएको छ ।


प्रदेश संचार ऐनमा पत्रकारलाई फौजदारी मुद्धामा अभियोजन गर्ने प्रवन्ध गरेकोमा नेपाल पत्रकार महासंघले यो दफा संशोधनको माँग गरेको छ ।


प्रदेश भरिका पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य विमा गरिनु पर्ने , श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतीक सुरक्षाकालागि योजनाको निर्माण र कार्यान्वनय गरिनु पर्ने लगायतका प्रस्ताव पारित गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए ।


यस अघि अधिवेशनको उद्धघाटन गर्दै मधेश सरकारका मुख्यमंत्री लालबाबु राउतले पत्रकार र संचार संस्थाको बिकास र दीगोपनाको पवित्र उद्धेश्य राखेर प्रदेश संचार ऐन ल्याइएको बताए ।

उनले पत्रकारहरुले धन्यवाद दिनु पर्नेमा गुनासो मात्रै गरेको चर्चा गर्दै मुख्यमंत्री राउतले तपाईहरुको गुनासो सुन्दा पनि ऐन निर्माणको बेलामा अरु गम्भिर हुनु आवश्यक थियो भन्ने कुरा महशुस भएको प्रष्ट पारे ।


राम्रो शुरुवात गरेका छौ राउतले भन्े पत्रकारहरुको संरचना खडा भएको छ भूमिका जे होला तर यसलाई अझ राम्रो बनाउन आफनो तर्फबाट योगदा रहने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले नेपाल पत्रकार महासंघका अधिवेशनहरुलाई एउटा बिशेष मुद्धामा अनुसन्धान गरेर छलफल गर्ने गरि सम्पादन गर्ने ब्यवस्था मिलाउने बताए । उनले मधेश प्रदेश सरकारको संचार सम्बद्ध ऐन संरचनाको निर्माणको कामको प्रशंसा गर्दै मिडिया काउन्सिलाई अर्को कुनै नाममा रुपान्तरित गर्न सुझाव दिए ।


कार्यक्रममा प्रदेश सभा सदस्य एन नेपाली कांग्रेसका नेता श्याम पटेल नेपाल पत्रकरा महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के.सी.लामिछाने, शिव पुरी रिन्कु मिश्र,सुभाष साह पर्साको सहायक प्रमुख जिल्ला अधिकारी महेश कार्की,वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमल उपाध्याय, प्रेस युनियनका सचिव अशोक तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बराल लगायतले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


अधिवेशनको बन्द सत्रमा महासचिव श्याम बन्जारा र कोषाध्यक्ष बिश्वनाथ ठाकुरले प्रस्तुत गरेको सांगठानीक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।


महासंघ मधेश प्रदशेका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्योती झाले धन्यवाद ज्ञापन र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले स्वागत र महासचिव श्याम बन्जाराले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.