logo

पत्रकार महासंघ पर्साको २५ औं साधारण सभा सम्पन्न,पत्रकारिताको गुणात्मक बिकासका गम्भिर चिन्ता ब्यक्त

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०८: ४५ मा प्रकाशित     503   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा बिभिन्न प्रास्तावहरु पारित गर्दै सम्पन्न भएको छ। । साधारण सभाले महासंघ पर्साका सचिव भूषण यादवले प्रस्तुत गरेको सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष संजीव मिश्रले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।


साधारण सभामा पर्साको पत्रकारिताको गुणात्मक बिकास, पत्रकारको भौतीक तथा पेशागत सुरक्षा, दक्षता अभिभृद्धि ,पत्रकारको बिमा जस्ता बिषयमा घनीभूत छलफल भएको थियो ।

नयाँ सदस्यता बितरण र पेशागत शुद्धताको बिषयमा पनि गम्भिर बिमर्श भएको महासंघका अध्यक्ष अनुप तिवारीले बताए । उनले साधारण सभामा उठेका बिषयहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखाको आगामी कार्ययोजनामा बिशेष महत्व राख्ने बताए । महत्वपूर्ण सुझावहरु आएका छन त्यसकै आधारमा महासंघको आगामी दिशा तय गरिने उनले बताए ।


साधारण सभाको बन्द सत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको अध्यक्षतामा निर्माण भएको अध्यक्ष मण्डलले संचालन गरेको थियो । बन्दसत्रको संचालन नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराले संचालन गरेका थिए ।

 

बन्द सत्रको सफलता पछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने पूर्व केन्द्रीय सदस्य महेश दास शाखाका पूर्व अध्यक्ष अशोक तिवारी नेपाल पत्रकार महासंघ प्रदेशका सदस्य लक्ष्मी खरेल र महेश्वर अधिकारीले मन्तब् ब्यक्त गरेका थिए ।
यस अघि नेपाल पत्रकार महासंघ पर्सा शाखको सभाकक्षमा उद्धघाटन समारोह सम्पन्न भएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने वक्ताहरुले पत्रकारितमा देखिएका विकृतिले सिंगो पत्रकारिता क्षेत्रकै लागि चुनौती देखिएकाले यसप्रति ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले संख्यात्मक बढोत्तरी हुँदै गएपनि त्यस अनुसार गुणस्तरीयता भने बढ्न नसकेको अनुभुति पाठक, दर्शक र श्रोताले गरिरहेको पनि ओैंल्याए ।

प्रविधिको विकाससंगै पत्रकारिता गर्न सहज हुँदै गएपनि विकृति पनि बढेको भन्दै उनिहरुले गुणस्तरीय पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका सवालमा महासंघले थप नेतृत्वदायी भूमिका बढाउन पनि सुझाव दिए ।

महासंघका शाखा अध्यक्ष अनुप तिवारीको अध्यक्षता तथा महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने , महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , प्रहरी उपरीक्षक रमेश बस्नेत, महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास, प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, पर्सा शाखा उपाध्यक्ष विजय चौहान, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर,पर्सा अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, प्राध्यापक डाक्टर विश्वम्भर शर्मा, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी , लक्ष्मी खरेल लगायतले साधरणसभाको सफलताको शुभकामना मन्तव्य गरेका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.