logo

एमाले पर्सामा कारवाही काण्ड अध्यक्ष थारुको अयोग्यता लुकाउने चाल, थारु नेतृत्वको कमिटी बिघठनको माँग

      २०७९ मंसिर १७ गते ०९: २० मा प्रकाशित     1760   पटक पढिएको

नेकपा एमाले पर्साका इन्चार्ज केन्द्रीय सदस्यले शनिवार एक बिज्ञप्ति जारी गरि केन्द्रीय निर्देशन अनुसार पार्टीका पर्सा अध्यक्ष जय प्रकाश थारुलाई स्पष्टीकरण सोधिएको जानकारी दिएका छन ।

पार्टी अध्यक्ष जयप्रकाश थारुको हवाला दिदै शनिवार बसेको पार्टी जिल्ला सचिवालयको बैठकले पार्टीका केन्द्रीय सदस्य एवं इन्चार्ज प्रभु हजरा सहितका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यताबाट समेत निष्काशन गर्ने गरि सिफारिश गरिएको निर्णय बाहिरिएसंगै पार्टीका इन्चार्जको बिज्ञप्ति सार्वजनीक भएको हो ।

निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमाले पर्साले पार्टीका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला इन्चार्ज प्रभु हजारा र प्रदेश कमिटि सदस्य बसुरुद्दिन अंसारी सहित १६ जनालाई पार्टीबाट निष्कासन गर्न केन्द्रमा सिफारीस गरेको छ ।

एमालेका केन्द्रीय सदस्य हजाराले आफ्नै विशेष उपस्थितीमा राखेको जिल्लाको सचिवालयको बैठकमा आफैलाई कार्वाही गर्न केन्द्रमा सिफारीस गर्ने निर्णय गरेपछि एमाले पर्सा भित्रको गाइजात्रा सार्वजनिक भएको हो ।

 

तर इन्जार्च हजराले जारीको गरेको बिज्ञप्तिमा सचिवालयको बैठकमा कुनै पनि नेता तथा कार्यकर्तालाई कारवाही गर्ने निर्णय नभएको प्रष्ट पारेका छन ।

 

नेकपा एमाले बिधि र पद्धतीमा चल्ने पार्टीका भएको स्मरण गराउदै हजराको बिज्ञप्तिमा तल्लो कमिटीबाट समिक्षा हुदै माथिल्लो कमिटीमा आउने र यथेष्ट तथ्य र प्रमाणका आधारमा मात्र कारवाही गर्ने बिधि रहेको उल्लेख गरिएको छ ।

जिल्ला सचिवालय कमिटीको बैठकले पार्टीका जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकका अध्यक्ष मनोज गुप्ता, पर्सा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु, जिल्ला कमिटि सदस्य ताजदिन अंसारी, जिल्ला कमिटी सदस्यहरु इमरान हुसेन, मंजूर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु, रामप्रित महतो थारु र अमानत अंसारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।

 May be an image of text

त्यसैगरी छिपहरमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मौजीलाल साह कानु, पूर्व जिल्ला कमिटि सदस्य मुस्तकीम अंसारी र नविजान मियाँलाई आजै देखि लागु हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमाले पर्साले जनाएको छ ।

यस्तै उक्त सचिवालयको बैठकले पार्टीको निर्देशन विपरित काम गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ । यसरी स्पष्टीकरण सोध्नेमा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, नरेस टिवडेवाल, आमोद यादव, वीरगञ्ज महानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष संजिब बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल, सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव, जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मियाँ, रियाजुल मियाँ, र ठोरी गाउँपालिका कमिटिका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहित पालिका कमिटीलाई पनि स्पषटीकरण सोधेको छ ।
एमाले पर्साका यो कारवाही प्रक्रियाले पार्टी भित्र तरंग पैदा गरेको छ ।

 

जिल्ला कमिटीका सदस्य पवन तिवारीले जयप्रकाश थारु चाडै पूर्व अध्यक्ष हुने भन्दै सामाजिक संजालामा प्रतिक्रिया लेखेका छन । तिवारी मात्रै होईन अध्यक्ष थारुको गतिविधिप्रति एमालेका सयौं नेता कार्यकर्ता असन्तुष्ट छन् ।

 

थारु अध्यक्ष भएपछि पर्सा जिल्लामा पार्टीको नेतृत्व गर्न नसकेको स्थानीय तहको निर्वाचनमा समेत अपेक्षा अनुसारको परिणाम दिन नसकेको तथा आम निर्वाचनमा पनि थारुको अर्थपूर्ण भूमिका नभएको टिप्पणी एमालेका नेताहरुले गरेका छन् । एमालेजनले थारुको नेतृत्वमा रहेको जिल्ला कमिटी बिघठनको अनिवार्य रहेको बताएका छन ।

 

थारु अध्यक्ष भएपछि स्थानीय निर्वाचन परिचालन र आम निर्वाचन परिचालनको बिषयमा आवश्यक निर्णय लिन जिल्ला कमिटीको बैठक राख्न सकेका छैनन ।

 

चुनवामा प्रेस चौतारी नेपाल बाहेक , पार्टीका कुनै जनसंगठन परिचालन भएनन । पार्टीको कुनै पनि पालीक तहको कमिटी परिचालन भएन पार्टीका वडा कमिटीहरु चलेनन । यो सबै नहुनुको पछाडी थारुको अयोग्ता कारण रहेको बताउदै थारु नेतृत्वको कमिटी बिघठनको माँग तिब्र भएको छ ।

आफू नेतृत्व गर्न नसक्ने अनि इमान्दार नेता कार्यकर्ताहरुलाई भने अन्तरघातको आरोपमा कारवाही गर्नु हास्यास्पद रहेको भन्दै एमाले कार्यकर्ता पंक्तिले सामाजिक संचालनमा प्रतिक्रिया लेख्दै नेतृत्व प्रति कडा टिप्पणी गरेका छन । जिल्ला नेतृत्व चयन अघिदेखि नै एमालेभित्रको विवाद भुसको आगो जस्तै सल्किएको र चाडै त्यसको विष्फोट हुने एमालेका जिम्मेवार एक नेताले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.