logo

दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान हुने

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ११ गते ०७: ३९ मा प्रकाशित     611   पटक पढिएको

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ ।

आयोगको निर्णय निम्नानुसार रहेको छ :

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३  को दफा १० को उपदफा (१), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ४६ को उपदफा (१) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ४६  को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३  को दफा १०  को उपदफा (२) बमोजिम वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. 2 जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा मतदान केन्द्रमा मिति २०७९ /०८/०४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुन: मतदान गराउने,

(२)   दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “ख” मा मतदान सञ्चालन गर्ने क्रममा अत्याधिक भिडभाड भै अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने तर्फको ००७२९०१ देखि ००७३००० सम्मको १०० थान मतपत्रको अधकट्टी हराएको व्यहोरा समेतको प्रतिवेदन सम्बन्धित मतदान अधिकृतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश भएको अवस्था रहेको हुँदा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”  केन्द्रमा मिति २०७९ /०८/०४ मा भएको मतदान रद्द गरी पुन: मतदान गराउने,

(३)   प्रकरण (१) र (२) बमोजिमका मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ५५ को उपदफा (५) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ५५ को उपदफा (५) बमोजिम मिति २०७९ /०८/१५ गतेभित्र पुन: मतदान सम्पन्न गर्ने गरी सम्बन्धित मतदान केन्द्रमा पुन: मतदानको सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, दोलखालाई लेखी पठाउने,

(4)   प्रकरण (१) र (२) बमोजिमका मतदान केन्द्रमा हुने पुन: निर्वाचनका लागि आवश्यक मतपत्र लगायत मतदान सामग्रीको व्यवस्थापन गर्न सचिवालयलाई निर्देशन दिने,

(5)   प्रकरण (१) बमोजिमका पुन: मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिइ सुरक्षा व्यवस्था सुनिश्चित गर्ने,

(6)   मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्राश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिने,

(7)   वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख”, तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”  गरी १० (दश) वटा मतदान केन्द्रमा मिति २०७९ /०८/०४ मा भएको मतपत्र रद्द गरी सुरक्षित साथ राख्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिने,

(8)   मिति २०७९/८/४ गते भएको निर्वाचनमा दोलखा जिल्लाका वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. 2 जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” ,  तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” गरी १० (दश) वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.