logo

मधेश प्रदेशका मुख्यमंत्री बिजयी, लोसपा र माओवादीको पनि खुल्यो खाता

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०६: ०८ मा प्रकाशित     629   पटक पढिएको


मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी निर्वाचित भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ “ख” बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः निर्वाचित भएका हुन् ।
राउतले आफ्ना निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेस पर्साका उपसभापति समेत रहेका रामनारायण प्रसाद कुर्मीलाई १हजार ३ सय ३३ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरि पर्सा निर्वाचन क्षेत्र नम्बर २ को “ख” बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुर्मी आफ्ना निकटतम प्रतिद्वण्दीलाई २हजार ५ सयभन्दा पनि बढी मतको अन्तरले पछाडि पारेर जित निकाल्न सफल भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार कुर्मीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत प्राप्त गरेका छन ।

त्यसैगरि पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा “ख” बाट जनता समाजवादी पार्टीका उमेदवार सिंगासन साह कलवार १५ हजार ३ सय ८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए । उनले ११ हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बशिष्ट नारायण कुर्मीले ६ हजार २७ मत ल्याएका थिए ।

त्यसैगरि पर्साको निार्वचन क्षेत्र नं १ को प्रदेश सभा “क” बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी बिजयी भएका छन । उनले ७ हजार ८ सय १७ मत प्राप्त गर्दै जित निकालेका हुन । उनका नकटतम प्रतिद्वण्दी एमाले जसपा गठबन्धनका बिचारी यादवले ५ हजार ५ सय १८ मत प्राप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.