logo

मधेश प्रदेशका मुख्यमंत्री बिजयी, लोसपा र माओवादीको पनि खुल्यो खाता

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते ०६: ०८ मा प्रकाशित     525   पटक पढिएको


मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी निर्वाचित भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ “ख” बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः निर्वाचित भएका हुन् ।
राउतले आफ्ना निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेस पर्साका उपसभापति समेत रहेका रामनारायण प्रसाद कुर्मीलाई १हजार ३ सय ३३ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरि पर्सा निर्वाचन क्षेत्र नम्बर २ को “ख” बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुर्मी आफ्ना निकटतम प्रतिद्वण्दीलाई २हजार ५ सयभन्दा पनि बढी मतको अन्तरले पछाडि पारेर जित निकाल्न सफल भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार कुर्मीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत प्राप्त गरेका छन ।

त्यसैगरि पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा “ख” बाट जनता समाजवादी पार्टीका उमेदवार सिंगासन साह कलवार १५ हजार ३ सय ८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए । उनले ११ हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बशिष्ट नारायण कुर्मीले ६ हजार २७ मत ल्याएका थिए ।

त्यसैगरि पर्साको निार्वचन क्षेत्र नं १ को प्रदेश सभा “क” बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी बिजयी भएका छन । उनले ७ हजार ८ सय १७ मत प्राप्त गर्दै जित निकालेका हुन । उनका नकटतम प्रतिद्वण्दी एमाले जसपा गठबन्धनका बिचारी यादवले ५ हजार ५ सय १८ मत प्राप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.