logo

मुस्ताङमा नेपाली कांग्रेसको क्लिन स्वीप, मनाङमा पनि जित निकाल्यो

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ५ गते ०६: ३१ मा प्रकाशित     517   पटक पढिएको

हिमाल पारीको जिल्ला मनाङ प्रदेश 'क' मा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् ।

एमालेका राजनबहादुर गुरुङलाई पछि पार्दै मनिन्द्रजङ निर्वाचित भएका हुन् ।

मनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पारएका छन् । यहाँ सात मत बदर भएको छ भने २३ मत राप्रपाका उमेदवारले पाएका छन् ।

 

प्रदेशसभातर्फ पनि कांग्रेसले जितको खाता खोलेको छ । मुस्ताङको प्रदेशसभा ‘क’मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले  जानकारी दिए । 

पराजुलीका अनुसार विजयी गुरुङले १ हजार ४८ मत पाएका छन् । एमालेका इन्द्रधारा ड्याडु विष्टले ७९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद हुन् ।
 
प्रदेश ‘ख’मा भने एमालेले अग्रता कायम गरेको छ । एमाले उमेदवारले १२५८ मत ल्याउँदा कांग्रेसले ११६७ मत पाएको उनले जानकारी दिए ।

 

मुस्ताङको प्रदेशसभा ख  को सदस्यमा कांग्रेसका विकल शेरचन विजयी भएका छन् । उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे ।

शेरचनले २ हजार ७ सय २३ मत पाएर विजयी बन्दा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद रहेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.