logo

छोरीहरुको रकममा अनियमितता गरेका मुख्यमंत्रीको खिलाफमा मतदान गर्न सर्राफको अपिल

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक २५ गते ०७: १५ मा प्रकाशित     312   पटक पढिएको

मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतले मधेशको राजधानी बनाउने क्रममा वीरगंजका नागरिकलाई धोका दिएको पर्सा क्षेत्र नं १ को “ख”का लोरो चिन्हका उम्मेदवार ओम प्रकाश सर्राफले आरोप लगाएका छन ।


मधेश आन्दोलनको इपिसेन्टर रहेको वीरगंज मधेश प्रदेशको स्वभाविक राजधानी थियो तर मुख्मंत्रीको पद जोगाउन राउते आफना मतदाता तथा पर्साको जनतासंग घात गरेको उनले बताए ।


मुख्यमंत्री राउतले पाँच वर्ष अविछिन्न रुपमा सरकार चलाउदा छोरीहरुकोलागि छुट्टयाइएको रकममा समेत भ्रष्टाचार गरेर वीरगंजको प्रतिष्ठा धुमील गरेको सर्राफले बताए ।

सर्राफले मुख्यमंत्री स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन आग्रह गरेका थिए ।


लौरो चिन्हका उम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासँग अपिल गरेका थिए ।


लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफको चुनावी सभामा उत्साह जन सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.