logo

कानून नमान्ने मेयरको चर्तिकला,महानगरमा “म्यादी कर्मचारी” नियुक्त, चुनाव पछि जागिर जाने

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २१ गते ०७: ४१ मा प्रकाशित     672   पटक पढिएको

मंसीर ४ गते हुने निर्वाचलाई प्रभावित पार्ने गरि वीरगञ्ज महानगरपालिकाले २ सय भन्दा बढीलाई दैनिक ज्यालादारीका नियुक्ति दिएको छ । यसरी नियुक्त भएका कर्मचारीबाट महानगरपालिकालाई करिव बार्षिक ८ करोड व्ययभार थप हुने भएको छ ।

वीरगञ्ज महानगरपालिकामा निर्वाचित भएपछि मेयर राजेशमान सिंहले आवश्यक जनशक्ति भन्दा बढी कर्मचारी भएको भन्दै ६८ जना दैनिक ज्यालादारीका कर्मचारी निष्कासन गरेका थिए ।

 

कर्मचारी आवश्यकता भन्दा बढी भएको भन्दै कर्मचारी छटनी गरेका मेयर सिंहले अहिले त्यसको दशौ गुण बढी कर्मचारी किन नियुक्ती गरे भन्ने प्श्न पेचिलो बनेको छ । अहिले महानगरल दिएको नियुक्ति दरवन्दी र स्वीकृत बजेट भन्दा बाहिर रहेको छ । जसले गर्दा दैनीक ज्यालादारीका कतिपय कर्मचारीले अझै पनितलव खान पाएका छैनन ।

 

मेयर सिंहले आफूले निकालेका ६८ कर्मचारी मध्यका ३१ जानालाई दैनीक ज्यालादारीमा नियुक्ति दिएका थिए । उनले ति कर्मचारीको रोजीरोटी किन खोसे र फेरी उनीहरुलाई किन काममा लगाए भन्ने प्रश्न अहिले पनि अनुत्तरीत नै छ ।

कर्मचारी भर्ना गर्दा कार्यालयको आवश्यकता र कामको प्रकृतिका आधारमा महानगरपालिकाको नगर सभाले दरवन्दी स्वीकृत गरेर कार्यपालिकाको निर्णय अनुसार विज्ञापन प्रकाशितगरी जनशक्ति राख्नु पर्ने ऐनको विपरित नगरप्रमुखको ठाडो तोकआदेशमा कर्मचारी नियुक्ति गरिएको छ । पछिल्लो चरणमा नियुक्ती गरिएका २ सय ९७ जना कर्मचारीको नियुक्ती प्रकृयामा कार्यपालिका र नगरसभाबाट कुनै निर्णय नगरिएको एक कार्यपालिका सदस्यले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले निश्चित काम प्रयोजनका लागि दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरिएको बताए । अहिले सरसफाइ अभियान चलाईएको छ त्यसमा एकसय ६० जना सफाइकर्मी वडाकार्यालय मार्फत खटाउने गरी नियुक्त गरिएको हो उनले भने ।

मेयर स्वास्थ्य घरदैलो कार्यक्रम, नगर प्रहरी, अमिन, कम्प्युटर अपरेटर, स्वास्थ्यकर्मी र केही कार्यालय सहयोगी तत्कालका लागि आवश्यक परेको हुदाँ कर्मचारी भर्ना गरिएको हो, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने “निश्चित काम र समयका लागि भर्ना गरिएका कर्मचारीलाई तोकिएको काम सम्पन्न भएपछि स्वत हटाइने छ ।” उनीहरुको पारिश्रमिक मासिक १५ देखि १८ हजार सम्म हुने नगरपालिकाले जनाएको छ ।

पछिल्लो चरणमा भर्ना भएका दैनिक ज्यालादारीका कर्मचारीलाई म्यादी कर्मचारीको संज्ञा दिदै पौडेलले भने, “जुन प्रयोजनका लागि भर्नागरिएको हो त्यो प्रयोजन निश्चित समयपछि सकिन्छ ।” उनीहरुको प्रयोजन सकिएपछि जागिर पनि सकिन्छ पौडेलले भने ।

महानगर स्रोतका अनुसार पछिल्लो अवधिमा सरसफाइमा एकसय ६० जना, नगरप्रहरी, कम्प्यूटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, विजुली मिस्त्री, खानेपानीको प्राविधिक र कार्यालय सहयोगी गरि २ सय ९७ जना दैनिकज्यालादारीका कर्मचारी नियुक्त गरिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने दैनिक ज्यालादारीमा मान्छे राख्दा नगरसभा र कार्यपालिकाको निर्णय आवश्यक नपर्ने बताए । नेपाल सरकारले संघीय निजामति ऐन र प्रदेश सरकारले प्रदेश कर्मचारी व्यवस्थापन ऐन ल्याउन नसकेको कारण स्थानीय तहमा आवश्यक जनशक्ति पदपूर्ती हुन नसकेको पौडेलको भनाई छ । कर्मचारी भर्ना सम्वन्धि कुनै कानुन बनेका छैनन् त्यसैले आवश्यक्ताको आधारमा कर्मचारी भर्ना गरेर काम गर्नुपरेको छ पौडेलले भने ।

वीरगञ्ज महानगरपालिकाले नियुक्त गरेका कर्मचारी मध्ये अधिकांश कार्यालयमा हाजिर गरेर घरफर्कने गरेका छन् । वडा कार्यालयमा एउटा कम्प्युटर छ, त्यसको लागि जनशक्ति अघिल्लो मेयरको पालामा राखिएको थियो, एक वडा अध्यक्षले भने “नयाँ भर्नागरिएका कर्मचारीको लागि बस्ने ठाउँपनि छैन, कम्प्युटर पनि छैन र उनीहरुको काम पनि छैन ।”

स्रोतका अनुसार निर्वाचन सकिए लगतै अहिले भर्ना भएका मध्ये ९० प्रतिशत कर्मचारी हटाउने योजनामा महानगरपालिका रहेको छ । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले पनि तोकिएको काम र अवधि सकिएपछि कर्मचारीको जागिर सकिने भनाईले उनीहरुको जागिर आगामी मंसिर ४ गतेको निर्वाचन सकिए लगतै सकिने संकेत गरेका छन् ।

 वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निर्वाचित भएको केही दिन पछि आफूलाई कुनै कानुन नलाग्ने र कानुन नमान्ने धारणा सार्वजनीक गरेका थिए ।  केही दिन अघिमात्र महानगरपालिकाले गठन गरेको सञ्चार माध्यम प्रर्वद्धन तथा नियमन समितिमा समेत ऐन विपरित नगरप्रमुख सिंहले सदस्य नियुक्ती गरेका छन ।

जनता समाजवादी पार्टीबाट निर्वाचित मेयर सिंहले प्रतिनिधि सभाको निर्वाचनमा पूर्व मन्त्री तथा पार्टीका नेता प्रदीप यादव र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका आफ्ना भतिजा रुपेशमान सिंहलाई जिताउने उदेश्यका साथ कर्मचारी भर्ना गरिएको स्रोतको भनाई छ ।निर्वाचनलाई प्रभावित बनाउने उदेश्यका साथ चुनाव लक्षित कर्मचारी भर्नागरिएको हो स्रोतले भन्यो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.