logo

पूर्वमंत्री यादवको पक्षमा भोट माग्दै शिक्षीकाहरु, निर्वाचन आचार संहिताको उल्लंघन,निर्वाचन आयोग बेखवर

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक १९ गते ०३: ३६ मा प्रकाशित     937   पटक पढिएको

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै पर्सामा दर्जनौ कर्मचारीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

पर्साको क्षेत्र नं १ मा पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का जनता समाजावादी पार्टीका उम्मेदवार प्रदीप यादवकी जेठी श्रीमती पिन्कि यादवले समेत आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

 

उनी वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीनेरा प्राथमिक विद्यायल मनियारीमा राहत शिक्षिका हुन । उनले आफ्ना श्रीमानका लागि केही शिक्षिकाहरुको टोलीसहित मत मागी रहेको देखिएको छ ।

 

पिन्कि यादव शिक्षीका भएको कुरा जिल्ला निर्वाचन कार्यालयले भने पत्तो पाएको छैन । निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले पिंकी यादव शिक्षीका भएको आफूलाई जानकारी नभएको बताइन ।

 

त्यसै गरि यादवलाई जिताउनकालागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको श्रीमती अन्नपूर्ण मान्नधर पनि यादवको टोलीमा भोट माग्न सहभागि छिन । उनी पनि शिक्षीका हुन ।


निर्वाचन आचार संहित २०७९ को े परिच्छेद ३ को दफा १० को प्रवन्धको प्रतिकूल हुने गरि यादव चुनाव प्रचारमा संलग्न भएकी छिन ।

दफा १० मा बिद्यालय , महाविद्यालय बिश्वबिद्यालयमा कार्यरत कर्मचारी अध्यापक शिक्षकले पालना गर्नु पर्ने बिषयको प्रवन्ध गरिएको छ । दफा १० को “क” मा कुनै पनि राजनीतिक दलको उम्मेदवारको पक्षमा गरिने प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।

श्रीनेरा प्राथमिक विद्यालय मनियारीका प्रधानाध्यापक गम्भीरा यादवले उक्त विद्यालयमा पिन्कि यादव राहत दरबन्दी तर्फको शिक्षिका रहेको जानकारी दिए ।

 

 निर्वाचन आयोगले आचार संहिता मार्फत सरकारी कर्मचारीलाई निर्वाचन प्रचारमा संलग्न हुन बाट रोक लगाएपनि वीरगंजमा शिक्षकहरुनै चुनाव प्रचारमा सहभागि भएका छन ।

निर्वाचनको प्रचारको काम उत्कर्षमा पुगेका बेला निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचार संहिताको उल्लघंन पनि बढेको छ । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका घरदैलो कार्यक्रम पनि फरक फरक समुहको निर्माण गरेर भइरहेको छ ।


निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी बढाइएको दाबी गरिएको बेला पर्सामा दर्जनौ कर्मचारी तथा जनप्रतिनिधिहरु उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडेको पाइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.