logo

माओवादी केन्द्रका चितवन सह इन्चार्ज र प्रेस सेन्टरका सचिव एमाले प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ९ गते ०७: ३४ मा प्रकाशित     588   पटक पढिएको

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी अमर एमाले प्रवेश गरेका छन् ।

 

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जिल्ला सहइन्चार्ज रेग्मीसहित माओवादी केन्द्र निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए

। यसअघि, माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार भदौं ३१ गते एमाले प्रवेश गरेका थिए ।

 

परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्ज विहिन भएको छ । एमाले प्रवेश गरेका रेग्मी माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । उनीसँगै प्रवेश गरेका पोखरेल पनि बागमती प्रदेश कमिटीका सदस्य हुन् ।

 

रेग्मी यसअघि माओवादी केन्द्र चितवनका पटकपटक जिल्ला सचिव, काठमाडौ र ललितपुरको समेत पार्टी सचिव भएर काम गरेका थिए ।

 

एमाले प्रवेश गरेका जिल्ला सहइन्चार्ज रेग्मीले माओवादी केन्द्र दाहाल एण्ड कम्पनीको रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति र वर्वादी गर्ने भएकोले कम्युनिस्ट आन्दोलनको मूल धार एमालेमा प्रवेश गरेको बताए।

पार्टीलाई सहि बाटोमा ल्याउन पार्टी भित्र अन्तसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यहीँ नियम र कानुन बन्ने गरेको भन्दै ब्यक्तिवाद हावी भएको नेता रेग्मीले बताए ।

पछिल्लो समयमा माओवादी केन्द्र कांग्रेससँग आत्मसर्मपण गर्न पुगेको भन्दै कांग्रेसले छुट्टाएको भाग खाने ठाउँमा माओवादी गएको बताए । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिड्ने कदापि कम्युनिस्ट हुन नसक्ने ठहरसहित एमालेमा समाहित भएको बताए ।

 

उनले कम्युनिस्टहरू एमालेमा केन्द्रीकृत हुन आवश्यक भएको बताउँदै अरू पनि नेता कार्यकर्ता एमालेमा आउन आतु रहेको बताए ।

 

माओवादीको केन्द्रीय महाधिवेशनबाट एमसीसी पास नगराउने निर्णय सर्वसम्मतिले भए पनि प्रचण्ड एक्लैले त्यसलाई लत्याएको घटनाले माओवादी थप उदांगो भएको नेता रेग्मीले बताए । रेग्मीसहितका नेता प्रवेश गर्ने कार्यक्रम हालै मात्रै माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारको समेत उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.