logo

इमान र निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन दिदैनौ जसपा एमाले उम्मेदवार

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ५ गते ०५: ३२ मा प्रकाशित     605   पटक पढिएको

पर्साको क्षेत्र नं २ मा एमाले जसपा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले देश जनता प्रतिको उत्तरदायित्व नै आफनो मुल एजेण्डा भएको बताएका छन । पर्सागढी नगपालिकाको छ्तवन टाडीमा स्थानीय मतदातासंग उनले यस्तो बताएका हुन ।


अधिवक्ता कुर्मीले राजनीतिमा इमान र निष्ठाको महत्व धेरै रहेको चर्चा गर्दै जनताले आफनो इमान र निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिने गरि जनसेवामा समर्पित रहने प्रतिवद्धता जनाए ।

 

नेकपा एमाले पर्सागढी गाउँपालिकाका अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा रहेको पार्टी कमिटीले प्रचार कामको संयोजन गरेको छ ।

 

प्रचार अभियानमा सहभागि प्रदेश सभाका संयुक्त उम्मेदवार रामनरेश यादवले जनजनको मन जोडने मुलुक र भूगोल प्रति गौरव गर्ने वतावरण बन्नु पर्ने जनपेक्षालाई सम्मान गर्दै जनताको घरदैलोमा पुगेको बताए । उनले जनताको वीचमा पुग्दा प्राप्त भएको आथित्यता र स्वागतले उत्साहित बनाएको बताए ।


जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले निर्वाचन प्रचार अभियान निकै उत्साहजनक रहेको बताएका छन ।

चुनावी प्रचारप्रसारका क्रममा शनिवार पर्सागढी नगरपालिकाको वडा. २ , काटानी, झोङड, खेखरिया, शन्तिटोल, पिप्राव्ध, बागवाना, घोड्पासरा र औरहियमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।

 

नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा नगर सदस्य, हरि घिमिरे, प्रेम पहाडी र जसपा जिल्ला सचिव तवरेज अहमद, क्षेत्रीय उपाध्यक्ष मुमताज आलम, जसपाका नगर प्रमुखका प्रत्यासी सुरज मानन्धर लगायतको उपस्थिति रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.