logo

तपाईको लोकतन्त्रको रक्षामा लाग्छु, हरेक ठाउमा अजय बनेर उभिदिनुस

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक ५ गते ०४: ५६ मा प्रकाशित     675   पटक पढिएको

पर्सा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार द्विवेदीले दीपावली र छठ बाट ज्ञान शक्ति विवेक आर्जन गरेर मतदान गर्दै गर्दा आफनो मनलाई मेरो प्रतिनिधि कस्तो चाहिन्छ भनेर सोध्न आग्रह गरेका छन ।

 

शनिवार माइस्थानमा नेपाली कांग्रेस वीरगंज महानगर समितिले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी द्ववेदीले त्यहा उपस्थित पत्रकाहरुको जिज्ञासाको जवाफ दिदै यस्तो बताएका हुन ।

 

उनले दीपावली र छठ पर्वको अवसरमा आम मतदाता र नागरिकलाई शुभकामना दिएका छन । आफनो मनलाई सोध्दा भरोसा गर्न लायक मान्छे अजय द्विवेदी हो भन्ने जवाफ आयो भने मतदान गर्नुहोस मात्र भन्दिन तपाई जाहा हुनुहून्छ त्यही अजय द्विवेदी बनेर उभिन उनले आग्रह गरे ।

 

नेपाली कांग्रेसले अवसरको वितरणमा न्याय गर्न नसकेपछि पार्टी भित्रका कार्यकर्ता नेताहरुको मतलाई नेतृत्व प्रदान गर्दै बिद्रोह गरेर निर्वाचनको मैदानमा उत्रिएका द्विवेदीकालागि पार्टी पंक्तिको परिचालन जस्तो सुविधा भने प्राप्त छैन । त्यसैले उनले हरेक ठाउमा अजय बनिदिन आफना सर्मथकहरुलाई अपिल गरेका हुन ।

 


उनले आम जनतालाई अपिल गर्दै भनेका छन “आजको राजनीतिबाट जनता ठगिएका छन ,जसको कुनै मूल्य छैन आम जनताको महत्वलाई निषेध गरिएको छ ।

 

दलतन्त्र त्यो भित्र गुटतन्त्र र गुटतन्त्र भित्र पनि नेतातन्त्र हावी भएर लोकतन्त्रको अपहरण भएको यो संगीन अवस्थामा आम मतदाता प्रति भरोसा गरे तपाईको लोकतन्त्रको रक्षाकालागि चुनावमा होमिएको छु” ।


संबिधान सभाका सदस्य समेत रहेका द्विवेदी बडो भावुक हुदै भने “उम्मेदवारको रुपमा भौतीक अनुहार त मेरो हो तर म त तपाईको र हाम्रो लोकतन्त्रको आवाज मात्र हो ।


नेपाली कांग्रेस पर्साको सभापति समेत रहेका द्विवेदी निरंकुश पंचायती तानाशाही ब्यवस्थाको विरुद्ध पर्सेली युवा बिद्यार्थीआन्दोलनका एक जुझारु अगुवा नेता समेत हुन ।

 

तिनै द्विवेदी यतिवेला जनताको आवाज उठाउन अपहरित लोकतन्त्रको मर्मलाई जनताको सेवा कर्ममा फिर्ता ल्याउने अठोटका साथ निर्वाचनको मैदानमा उत्रिएको बताउनछन ।

 

उनले आम मतदातालाई अपिल गर्दै भनेका छन तपाईको आवाज उठाउछ, लोकतन्त्रको लाभ आम जनतामा पु¥याउन भूमिका खेल्न सक्छ भन्ने लागेमा मत दिनुनहोला ।


नेपाली कांग्रेसका सभापति मणीन्द्रलाल नेपालीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु जसपाका नेता नेजामुदिन समानी, प्रदेश सभाका उम्मेदवार ओमप्रकाश सर्राफ नागरिक समाजका बिभिन्न सरोकार समुहका अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.