logo

तपाईको लोकतन्त्रको रक्षामा लाग्छु, हरेक ठाउमा अजय बनेर उभिदिनुस

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक ५ गते ०४: ५६ मा प्रकाशित     571   पटक पढिएको

पर्सा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार द्विवेदीले दीपावली र छठ बाट ज्ञान शक्ति विवेक आर्जन गरेर मतदान गर्दै गर्दा आफनो मनलाई मेरो प्रतिनिधि कस्तो चाहिन्छ भनेर सोध्न आग्रह गरेका छन ।

 

शनिवार माइस्थानमा नेपाली कांग्रेस वीरगंज महानगर समितिले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी द्ववेदीले त्यहा उपस्थित पत्रकाहरुको जिज्ञासाको जवाफ दिदै यस्तो बताएका हुन ।

 

उनले दीपावली र छठ पर्वको अवसरमा आम मतदाता र नागरिकलाई शुभकामना दिएका छन । आफनो मनलाई सोध्दा भरोसा गर्न लायक मान्छे अजय द्विवेदी हो भन्ने जवाफ आयो भने मतदान गर्नुहोस मात्र भन्दिन तपाई जाहा हुनुहून्छ त्यही अजय द्विवेदी बनेर उभिन उनले आग्रह गरे ।

 

नेपाली कांग्रेसले अवसरको वितरणमा न्याय गर्न नसकेपछि पार्टी भित्रका कार्यकर्ता नेताहरुको मतलाई नेतृत्व प्रदान गर्दै बिद्रोह गरेर निर्वाचनको मैदानमा उत्रिएका द्विवेदीकालागि पार्टी पंक्तिको परिचालन जस्तो सुविधा भने प्राप्त छैन । त्यसैले उनले हरेक ठाउमा अजय बनिदिन आफना सर्मथकहरुलाई अपिल गरेका हुन ।

 


उनले आम जनतालाई अपिल गर्दै भनेका छन “आजको राजनीतिबाट जनता ठगिएका छन ,जसको कुनै मूल्य छैन आम जनताको महत्वलाई निषेध गरिएको छ ।

 

दलतन्त्र त्यो भित्र गुटतन्त्र र गुटतन्त्र भित्र पनि नेतातन्त्र हावी भएर लोकतन्त्रको अपहरण भएको यो संगीन अवस्थामा आम मतदाता प्रति भरोसा गरे तपाईको लोकतन्त्रको रक्षाकालागि चुनावमा होमिएको छु” ।


संबिधान सभाका सदस्य समेत रहेका द्विवेदी बडो भावुक हुदै भने “उम्मेदवारको रुपमा भौतीक अनुहार त मेरो हो तर म त तपाईको र हाम्रो लोकतन्त्रको आवाज मात्र हो ।


नेपाली कांग्रेस पर्साको सभापति समेत रहेका द्विवेदी निरंकुश पंचायती तानाशाही ब्यवस्थाको विरुद्ध पर्सेली युवा बिद्यार्थीआन्दोलनका एक जुझारु अगुवा नेता समेत हुन ।

 

तिनै द्विवेदी यतिवेला जनताको आवाज उठाउन अपहरित लोकतन्त्रको मर्मलाई जनताको सेवा कर्ममा फिर्ता ल्याउने अठोटका साथ निर्वाचनको मैदानमा उत्रिएको बताउनछन ।

 

उनले आम मतदातालाई अपिल गर्दै भनेका छन तपाईको आवाज उठाउछ, लोकतन्त्रको लाभ आम जनतामा पु¥याउन भूमिका खेल्न सक्छ भन्ने लागेमा मत दिनुनहोला ।


नेपाली कांग्रेसका सभापति मणीन्द्रलाल नेपालीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु जसपाका नेता नेजामुदिन समानी, प्रदेश सभाका उम्मेदवार ओमप्रकाश सर्राफ नागरिक समाजका बिभिन्न सरोकार समुहका अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.