logo

क्षेत्रका युवाहरु आर्थिक उपार्जनकालागि रोजगारीमा संलग्न हुने वतावरण बनाउछुः उम्मेदवार गुप्ता

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक १ गते ०६: ४५ मा प्रकाशित     534   पटक पढिएको

नेकपा एमालेका नेता एवं पर्सा क्षेत्र नं ३ का संघीय सासद पदका उम्मेदवार राजकुमार गुप्ताले क्षेत्रमा रहेको बेरोजगारीको अवस्थाको अन्त्य आफनो प्रमुख बिषय भएको बताएका छन ।

 

प्रदेश र संघीय सासदका उम्मेदवारको सहभागितामा बहुदरमाई नगरपालिकाको बिश्रामपुरमा मंगलवार शुरुवात गर्दै नेता गुप्ताले यस्तो बताएका हुन ।


नेता गुप्ताले आफनो पहलमा १६५ केभिए प्रशारण लाईन जडान भएको २२ वटा उधोगहरुको आगमन भएको र भविष्यमा थप उधोगहरु ल्याउने वतावरणको निर्माण गरि बेरोजगारी समस्याको अन्त्यकालागि आफूले काम गर्ने बताए ।


उनले महुवनमा रहेको पारसनाथ मठलाई पर्यटककोलागि गन्त्ब्यको केन्द्र बनाउने थरुवटमा पर्यटकीय गन्तब्यकालागि तालको बिकासको अवधारणा आगाडि सारेको र पोखरियालाई आधुनीक शहरको रुपमा बिकास गर्ने आफनो ऐजेण्डा रहेको बताए ।


उनले हिजो २३ वर्ष सम्म सत्ता संचालन गर्ने ०७४ भन्दा अगाडि निरन्तर चुनाव जितेका र मंत्री भएका मान्छेले क्षेत्रको बिकासमा माखो समेत नमारेको चर्चा गर्दै त्यही क्षेत्रलाई आफूले मुलुकमै नमुना क्षेत्र बनाउने कटिवद्धता ब्यक्त गरे ।


सत्ताधारी गठबन्धन निन्द्रा छ उसले सुतेर देश चलाएकोले बेथिति र अनियमितता मात्र छ बिकास र निकास दुबै बन्द छ बन्द रहेको बिकास र निकासकालागि जसपा एमाले गठबन्धन आजको आवश्यकता रहेको बताउदै सुखी नेपाली समृद्ध नेपालको आकंक्षा यसैले मात्र पुरा गर्ने बताए ।


नेकपा एमालेका पर्सा क्षेत्र नं ३ का इन्चार्ज मधेशले पहिचान पाएको बताउदै अव बिकास समृद्धि र आर्थिक बिकासको दिशाआ अगाडि बढन आवश्यक रहेको बताए । उनले समृद्धि प्राप्त गर्ने जनताको आकंक्षालाई एमालेको नेतृत्वले मात्र साकार रुप दिने बताए ।


रोड शोमा प्रदेश सभाका उम्मेदवारहरु “क” मन्जुर अन्सारी र “ख ” डा. मधु गुप्ता नेताहरु सलमा खातुन बहुदरमाई नगरपालिकाको उपप्रमुख सुष्मा कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.