logo

कांग्रेसको सरकार देशको अहितमा छ ,बिकास र समृद्धिकालागि एमालेलाई मतदान गर्न नेता पौडेलको अपिल

 इसीमाना सम्बाददाता     २०७९ असोज २९ गते ०६: ४९ मा प्रकाशित     497   पटक पढिएको

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मंत्री पुरुषोत्तम पौडेलले कांग्रेस नेतृत्वको गठबन्धन सरकार देशको अहितमा रहेको बताएका छन ।

 

नेकपा एमालेको पर्सा क्षेत्र नं १ को “क”को कार्यकर्ता भेलालाई शनिवार वीरगंजमा सम्बोधन गर्दै नेता पौडेलले बिकासको सपना देखाउने र त्यसलाई वास्तविक रुपमा निर्माण गरेर देखाउने नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए ।


उनले मुलुकमा सम्पन्न र संचालीत रहेका ठुला परियोजना नेकपा एमालले शुरु गरेको बताए । हुलाकी सडकको निर्माण,वृद्धा भताको ब्यवस्था, ६ हजार किमी पिच सडकको निर्माण, मरिन डाइभर्सनको निर्माण जस्ता कामहरु एमालेले गरेको बताउदै बिकास र समृद्धिका निम्ति एमालेको बिकल्प नरहेको बताए ।


उनले पर्सा क्षेत्र नम्बर १ “क”का जनताले योग्य ,ईमन्दार उम्मेदवारको रुपमा बिचारी यादवलाई पाएको भन्दै बिकाश पुरुष बिचारी यादवलाई बिजयी गराउन आग्रह गरे ।

 

नेता पौडेलले उनले जनताको दुखसुखमा अहोरात्र खट्ने बिचारी यादवलाई बिजयी गराए मात्र यो क्षेत्रको बिकाश हुन सक्ने तर्क राखे ,


कार्यक्रममा नेकपा एस का नेता जलन्धर कुर्मी लोसपाका अशोक साह को नेतृत्वमा दुई सय भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए। उनीहरुलाई नेता पौडेलले पार्टीमा स्वागत गरेका थिए ।


कार्यक्रममा नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, सह इन्चाज अरबिन्द सिंह, निर्मला देवकोटा, पर्सा अध्यक्ष जयप्रकाश थारु , प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायतकाले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण वीरगंज महानगरका सचिव सुन्दर कुर्मीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.