logo

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखले गरे शपथ ग्रहण

 इसीमाना सम्बाददाता      २०७९ जेठ ९ गते ०४: १८ मा प्रकाशित     766   पटक पढिएको

पर्साका नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुको शपथ ग्रहण सोमवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रमुखहरुलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाइ शपथ खुवाएका छन् ।

बीरगंज महानगरपालिका बाहेकका तीन नगरपालिका र दश गाउँपालिका प्रमुखले शपथ ग्रहण गरेका हुन ।


पर्साको जिराभवानी गाउँपालिका प्रमुखमा कांग्रेसका अनोज चौधरी, कालिकामाई गाउँपालिका प्रमुखमा जसपाका बशिष्ट गुप्ता, पटेर्वा सुगौली गाउँपालिका प्रमुखमा कांग्रेसका दिनेश चौधरी, पकहा मैनपुर गाउँपालिका प्रमुखमा कांग्रेसकै सुरेश मेहता, पर्सागढी नगरपालिका प्रमुखमा एमालेका गोकर्ण पाठक, जगरनाथपुर गाउँपालिका प्रमुखमा कांग्रेसका श्रीकान्त यादव, ठोरी गाउँपालिका प्रमुखमा एमालेका लालबहादुर श्रेष्ठ, बहुदरमाई नगरपालिका प्रमुखमा जसपाका सिंगासन साह तेली, सखुवा प्रसौनी गाउँपालिका प्रमुखमा एमाले यसवन्त यादव, धोबिनी गाउँपालिका प्रमुखमा जसपाका मदन चौहान, पोखरिया नगरपालिकाको प्रमुखमा एमालेका प्रदुम्न चौहान, बिन्दवासिनी गाउँपालिका प्रमुखमा लोसपाका प्रमोद तिवारी र छिपहरमाई गाउँपालिका प्रमुखमा एमालेका मनोज गुप्ता निर्वाचित भएका छन् ।


शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजङ्ग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेका साथै दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.