logo

जसपाका कार्यकर्ताहरूको उत्पातले गठबन्धनलाई घाटा, वीरगंजका मतदाताहरू सरावगीतर्फ आकर्षित हुने संकेत

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०६: २४ मा प्रकाशित     956   पटक पढिएको

 सोमबार राती नगवामा निवर्तमान मेयर विजय कुमार सरावगीमाथि भएको सुनियोजित घटनाले वीरगंजवासीको मथिंगल हल्लाईदिएको छ ।

आफूलाई बाहुबली नेताको नेताको रुपमा वीरगंजबासीहरू समक्ष पहिचान बनाएका राजेशमान सिंह र पर्साका सांसद प्रदीप यादवको जोडीले मच्चारहेको उत्पातले अन्ततः विजय सरावगीलाई नै फाइदा पुग्ने लख काट्न थालिएको छ ।

सांसद यादवले गजेडीले गफ हानेजस्तै कुमारी बैंकमा विजय सरावगीको ५० करोड़ फिक्स डिपोजिटको क़ुरा राखे जसको कुनै प्रमाण भेटीएन, देखिएन ।

सरावगीले यसैगरी रातीराती स्मसानघाटमा पूजा गरेको आधारहीन आरोप सांसद यादव र उनका समर्थकहरूले लगाए, सामाजिक संजालमा व्यापक विरोध हुन थालेपछि राजेशमान र सांसद यादवका समर्थकहरू आआफ्नो फेसबुक वालबाट पोस्ट डिलीट गरे ।

सोमबार राती नगवामा सरावगीले पैसा बाँडन काँग्रेसी नेताको घरमा गएको भनि दुष्प्रचार गरियो ।

गठबन्धनको बलमा चुनाव जित्न खोज्ने राजेशमान र प्रदीप यादवको टोलीले गठबन्धनका सहयात्री नेपाली काँग्रेसमाथि निरन्तर प्रहार गरिरहेका छन् । भोजपुरीमा एउटा उखान छ, “जेकर घुरा तापेके ओकरे …ड दागेके” नेपाली काँग्रेसको बलमा चुनाव जित्न खोज्नेले आफ्ना सहयात्री दल नेपाली काँग्रेसको जसपाका नेताहरुले उछितो काढ्नु कत्तिको जायज हो ? नगरवासीले प्रश्न गरिरहेका छन् ।

 मोटरसाइकिलमा बसेर घरतर्फ जाँदा १०/१२ वटा मोटरसाइकिलमा उनको पीछा गर्न थालियो । हुन सक्ने हुल हुज्जतबाट जोगिन कृष्ण चौरसियाले नातामा मामा पर्ने विनोद चौरसियाको घरमा शरण माग्न पुगे ।

सुतिरहेका बिनोद चौरसियाले उठेर विजय सरावगीलाई देखेपछि किन आउनु भयो भनि सोध्दा विजय सरावगीले जवाफ फर्काउने नपाउँदै धमाधम बाहिरबाट गेटमाथि लाती हानेर सैयौंको संख्यामा जसपाका समर्थक कार्यकर्ताहरूले नाराबाजी गर्न थाले । जसपाका समर्थक पेड़ मीडियावालाहरू एक पक्षीय समाचार सम्प्रेषण गरि रातभरी मनोरंजन प्रदान गरे ।

विहान हुनासाथ राती गरिएको नाटक मंचनको वास्तविकता जनसमक्ष पुगेपछि गठबन्धन तर्फ रहेको रुझान सरावगी तर्फ देखिन थालेको छ । सांसद प्रदीप यादव र राजेशमान सिंहका “चेला”हरूले गरेको ताण्डव नृत्यको विरुद्ध सरावगीद्वारा आयोजित जुलुशमा व्यापक सहभागिता देखाएर आफ्नो मत प्रकट गरेका छन् ।

 संभार चन्द्रसूर्यवाणी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.